-राजधन कुलुङ(rd_kirati@yahoo.com)
वर्षभरि खेतबारीमा लगाएको अन्नबाली किसानहरुले उठाइसके । अर्को बर्षदिन खाने अन्न ढुकुटी थन्क्याउने काम सकियो । पारुहोङ र निनाम्रिदुमको आर्शिवादले गएको वर्ष जे जस्तो भएपनि राम्रो भयो । सकुशल अन्नवाली भण्डारण गर्न सफल भएकोमा खुसी मनाउँदै पारुहोङ-निनामरिदुम र प्रकृतिलाई धन्यवाद दिएर अब आगामी वर्ष राम्रोहोस भन्दै आर्शिवाद माग्ने समय आयो ।
हो सदा जस्तै प्रकृतिपूजक किरात कुलुङहरुको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चकुर आइपुगेको छ । प्रत्येक वर्ष पुस महिनाको १५ देखि १७ गते धुम्धामकासाथ कुलुङ बस्तीहरुमा मनाइने चाक्चाकुरको तयारी कुलुङजनमा सुरु भएकोछ । कुलुङ मान्यता अनुसार पुसको पहिलो हप्ताभित्र सबै अन्नवाली उठाएर थन्क्याउने काम सकिन्छ । बर्षदिन दश नङ्ग्रा खियाएर फलाएको अन्न ढुकुटीमा भण्डारण गरिसकेपछि अन्न फलाउने भूमि वर्षभरि रोगब्याधी नलागोस र अन्नवाली राम्रो होस भनेर आर्शिवाद दिने पारुहोङ-निनामरिदुमलाई धन्यवाद दिने चलन छ । त्यसरी पुसको मध्यमा कुलुङ समुदायले चाक्चाकुर मनाउँदै आएको छ ।
हो सदा जस्तै प्रकृतिपूजक किरात कुलुङहरुको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चकुर आइपुगेको छ । प्रत्येक वर्ष पुस महिनाको १५ देखि १७ गते धुम्धामकासाथ कुलुङ बस्तीहरुमा मनाइने चाक्चाकुरको तयारी कुलुङजनमा सुरु भएकोछ । कुलुङ मान्यता अनुसार पुसको पहिलो हप्ताभित्र सबै अन्नवाली उठाएर थन्क्याउने काम सकिन्छ । बर्षदिन दश नङ्ग्रा खियाएर फलाएको अन्न ढुकुटीमा भण्डारण गरिसकेपछि अन्न फलाउने भूमि वर्षभरि रोगब्याधी नलागोस र अन्नवाली राम्रो होस भनेर आर्शिवाद दिने पारुहोङ-निनामरिदुमलाई धन्यवाद दिने चलन छ । त्यसरी पुसको मध्यमा कुलुङ समुदायले चाक्चाकुर मनाउँदै आएको छ ।
चाक्चाकुरको इतिहास
कुलुङहरुको चाडको नाम मिनारी दाचाम् निङदोङ चाक्चाकुर किन राखियो यसबारेमा थोरै चर्चा गरौं । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । त्यस्तै दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् अन्नको सह तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँवर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई चाक्चाकुरमा कुलुङहरु पुज्दछन् । यसैलाई मिनारी दाचाम् निङदोङ चाक्चाकुर भनिँदै आइएको छ । जसलाई प्राय चाक्चाकुर मात्रै पनि भन्ने गरिन्छ ।
कुलुङ मिथक अनुसार बाबु खार र आमा दुम्दुलिमलाई सोक्पाले खाएपछि छोरा खोक्चिलिप छोरीहरु लोस खेवा र चिनवा टुहुरा-टुहुरी भए । आमाबाबु विहिन भएपछि जीवन गुर्जान गाह्रो भयो । खोक्चिलिप सबैभन्दा कान्छो र केही सोझो खालको भएकोले उसलाई पाल्न गाह्रो भयो । पेटपाला गरी खाने क्रममा चेली माइती विछोडिए । समय आएपछि खोक्चिलिप जसोतसो तन्नेरी भए । उनको बेइलिमसँग विवाह भयो । विहेपछि श्रीमती बेइलिमको सल्लाह अनुसार खोक्चिलिपले खेतीपाती र बसोबासको सभ्यता सुरुवात गरे । एकदिन बेइलिमले आफ्ना श्रीमानलाई चेलीहरु खोजेर ल्याउन अनुरोध गरिन् । खोक्चिलिपले दिदीहरुलाई उनीहरुको देशबाट खोजेर ल्याए । मर् यो होला भनेर माया मारिसकेको भाइ जीवित भएको र उसले गरेको प्रगति देखेर दिदीहरु खुसीले रमाए । नाचगान गरे । आपसमा खुसी साटासाट गरे । भाइबुहारीलाई आर्शिवाद दिए । उनै आदिम कुलुङ पूर्खा खोक्चिलिपको पालादेखि चाक्चाकुरको सुरुवात भएको विश्वास गरिन्छ ।
अर्को किम्बदन्ती अनुसार किरात कुलुङ जातिका पूर्खाहरु शिकारी थिए । शिकारी युगबाट उनीहरु कृषिमा प्रवेश गरेपछि बर्षभरि खेतबारीमा रोपेको अन्न भण्डारण सकाएर रमाइलो गर्ने क्रममा चाक्चाकुर सुरु भएको हो । कुलुङ पूर्खाहरुले पाखुरीको बलमा उब्जाएको अन्न पुसको मध्यान्तअघि ढुकुटीमा भण्डारण गरिसक्थे । पुस १५ गतेको ढुकुटीमा राखिएको पहिलो पटक केही अन्न झिकेर कुलदेवतालाई चढाउँथे । प्रकृति पूजक उनीहरुले आफ्नो पितृ पारुहोङ र फलाउने प्रकृतिलाई चढाएपछि रमाइलो गरेर आफ्नो शिर उठाउँथे । शिकार खेलेर मारेको मासुसँग घरमा बनाएको जाँड-भात खाँदै रमाइलो गर्थे । आउने साल अन्नपानीको सह राम्रो होस् सबैको आयु बढोस् रोग नलागोस भन्दै शुभकामना आदान-प्रदान गरेर नाचगान तथा रमाइलो गर्दथे ।
पूर्खाले सभ्यताको सुरुवातसँगै सृजना गरेको चाक्चाकुरलाई अहिले कुलुङहरु आपसमा खुसी र शुभकामना साटासाट गर्दै मनाउने गर्दछन् । यो चाड मान्छेले आफुलाई पाल्ने प्रकृति तथा सभ्यता सिकाउने पूर्खाहरुप्रति दर्शाइएको श्रद्धा र सम्मानको प्रतीक हो । किरातहरु प्रकृति र पूर्खालाई भगवान मान्दछन् । प्रकृति र पूर्खा विहिन अस्तित्वको कल्पाना गर्न सक्दैनन् ।
किन पुस १५ बाट चाक्चाकुर मनाइन्छ ?
वर्षभर लगाइएको खेतीपाती पुस लाग्दा उठाइ सकिएको हुन्छ । किसान फुस्रदिला हुन्छन भने पुस १५ बाट सूर्य दक्षिणी अक्षांशबाट उत्तरीतिर सर्ने भएकोले दिन लामो तथा रात छोटो हुँदै जान्छ । चिसो घटेर पृथ्वीमा तापक्रम बढ्न थालेपछि अघिल्लो वर्ष सकिएको र नयाँ वर्ष सुरु भएको कुलुङहरु मान्दछन् । कुलुङहरुको पुस १५ नयाँ वर्षको दिन हो । यसै दिनदेखि कुलुङ समाजमा अर्को वर्ष के के गर्ने के कस्तो खेतीपाती लगाउने भनेर योजना बनाउन सुरु गरिन्छ । यिनै कारणहरुलाई ध्यानमा राखेर कुलुङ समुदायमा पुस १५ गते चाक्चाकुर मनाउने गरिएको हो ।
पुस १५ गतेबाट नाम्आइवासूर्य उत्तरतिर आउनु हुने भएकोले माघ महिना नलागुन्जेल कुखुरा हाँस परेवा तथा पंक्षीजन्य वस्तुहरुलाई बच्चा कोरल्न नलगाउने चलन छ । यदि त्यो समयमा बच्चा कोरले नबाँच्ने विश्वास गरिन्छ । अन्य वस्तुमासमेत नाम्आइवा हुने कुलुङ समुदायको मान्यता छ ।
चाक्चाकुर मनाउने तरिका
तीनदिन लगातार मनाइने मिनारी दाचाम् निङदोङ चाक्चाकुरको पहिलो दिन अर्थात नयाँ वर्षमा औपचारिक कार्यक्रमहरु गरेर शुभकामना आदान-प्रदान गर्ने पिकनिक जाने नयाँ योजनाहरु बनाउने खेलकुद साँस्कृतिक कार्यक्रम आदि गर्ने गरिन्छ । दोश्रो दिन चासुम्अन्न तथा धनसम्पत्तीको सहको नाममा पितृपूजा गर्ने अन्नवालीको सह माग्ने घरघरमा विभिन्न कुलुङ परिकार बनाएर खाने अनि रमाइलो गर्ने गरिन्छ । तेस्रो दिन आफन्तहरुको भेटघाट टीकाटालो गर्ने परिवार तथा आफन्तजनका ज्येष्ठ सदस्यबाट आर्शिवाद ग्रहन गर्ने गरिन्छ । त्यस्तै औपचारिक कार्यक्रमहरुको समापन गर्ने गरिन्छ । चाक्चाकुरको अवसर पारेर कुलुङ बस्तीहरुमा ३/४ दिनको मेला पनि लाग्ने गरेको पाइन्छ ।
कुलुङ जातिको परम्परागत चाड चाक्चाकुर नेपाल एकीकरणपछि हिन्दू अधिपत्यका कारण मनाउन कम हुँदै गएको देखिन्छ । गोरु काट्न प्रतिबन्ध लागेसँगै कुलुङ बस्तीमा चाक्चाकुरको रौनक घट्न गयो । कुलुङहरु चाडका अवसरमा गोरुको मासु पितृहरुलाई चढाउँथे । गोरु कट्न प्रतिबन्ध र अनिवार्य दशैं मनाउने सरकारी उर्दिपछि चाक्चाकुर करिब करिब किम्बदन्ती बनेको थियो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि यसको खोजी सुरु भएको हो । कुलुङ पूर्खाहरुको अगुवाइमा चाक्चाकुर मनाउने चलन गाउँघरमा सुरु भयो । यद्यपि औपचारिक रुपमा भने कुलुङहरुको जातीय संस्था नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट चाक्चाकुर सबैतिर मनाउन थालिएको हो ।
कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखूम्बू भोजपुर संखुवासभा सुनसरी मोरङ झापा इलाम धनकुटा तेह्रथुम र काठमाण्डौं उपत्यकामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम पश्चिम बंगाल आसाम नागाल्याण्ड अरुणााचल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । चाक्चाकुरको अवसरमा प्रत्येक कुलुङ परिवारको घरमा मासु भात ढिँडो वाचिप्पा जाँड-र_िक्स तोङ्बा फलफुल लगायतका परिकार परिवार र समुदायका सदस्यहरु बसेर सामुहिक रुपमा खाने चलन छ ।
नेपाल बहुजाति बहुभाषी बहुधार्मिक एवं बहुसाँस्कृतिक देश हो । यहाँका हरेक जाति/समुदायसँग आफ्नो मौलिक चाडपर्व र प्रथा परम्पराहरु छन् । तिनीहरु सबैलाई समान महत्व र मान्यता दिनु लोकतान्त्रिक राज्यको कर्तव्य हो । कुलुङ जातिको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चाकुरलाई राज्यले एउटा छुट्टै चाडको रुपमा मान्यता दिनु आवश्यक छ ।
नेपाल बहुजाति बहुभाषी बहुधार्मिक एवं बहुसाँस्कृतिक देश हो । यहाँका हरेक जाति/समुदायसँग आफ्नो मौलिक चाडपर्व र प्रथा परम्पराहरु छन् । तिनीहरु सबैलाई समान महत्व र मान्यता दिनु लोकतान्त्रिक राज्यको कर्तव्य हो । कुलुङ जातिको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चाकुरलाई राज्यले एउटा छुट्टै चाडको रुपमा मान्यता दिनु आवश्यक छ ।
RD ji, thanks for impressive aricle. I heard but not reach to read this blogspot.
ReplyDeleteBK Kulung