Friday, August 12, 2011

कुलुङ जातिको निर्माण यसरी भएको हो

कुलुङ जातिको निर्माण यसरी भएको हो 
कुलुङ नेपालको विकासोन्मुख एक आदिवासी समुदाय हो । विगत १० वर्षदेखि जातीय स्वपहिचान र सूचिकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । कुलुङ जातिकै अगुवाइमा भएको आन्दोलनले आदिवासी जनजाति सूचिपरिमार्जन उच्चस्तरीय कार्य दल गठन भइ थप २२ सहित ८१ समूहलाई आविासीमा सूचिकृत गर्न त्यसले सरकारलाई सिफारिस गरी सकेको छ । यही बेला कुलुङ समुदाय भित्रकै केहीले आफूलाई अलग देखाउने प्रयास गरी रहेका छन् । यही सन्दर्भमा कुलुङ जाति को हुन् र यसको आधारहरु के छन्  भन्ने विषयमा यहाँ छोटो चर्चा गरिएको छ ।

१. कुलुङ जाति उत्पतिको किम्बदन्ती
मिनापोङ्खो हाल्कुम्बुमा विकासित भएको आदिम किरात सभ्यता विकास र विस्तार हुने क्रममा चार पूर्खाहरु महाकुलुङ होङ्गु उपत्यका शिकार खेल्दै आइपुगे । शिकार खेल्दै आएका उनीहरु कालान्तरमा यही बस्न पुगे । तिनै चार पुख्ार्ा र उनीहरुका दर सन्तानले होङ्गु उपत्यकामा साझा सभ्याता र सँस्कृतिको निर्माण गरे । जसले कुलुङ सभ्यता कुलुङ भाषा र कुलुङ सँस्कृति भनेर पहिचान पायो । उनै चार पर्खाहरु छेम्सी ताम्सी खप्दुलु र राताप्खुका सन्तानहरु सझा भाषा-सँस्कृति र इतिहासले कुलुङ जाति बनायो ।

२. जातिको निर्माण कसरी ? 
सामान्यतः संसारमा जातिको निर्माण सँस्कृति र भूमिको आधारमा हुने गर्दछ । एउटा निश्चित भूगोलमा बस्नेहरुले साझा संँस्कृतिको निर्माण गरेका हुन्छन् र त्यसलाई अन्यले पछ्याउँछ । एउटै सँस्कृति हुनेहरुबीच भाषाले अपनत्व वा हामी भन्ने भावनाको सृजना गर्छ । समाज एउटा सुत्रमा बाँध्ने काम भाषाले गरेको हुन्छ । एउटै नश्लका मानिसहरु पनि फरक सँस्कृति फरक भूगोल फरक भाषा र मनोविज्ञानले अलग जातिको पहिचान बनाएको पाइन्छ । जाति निर्माणमा नश्लको नभइ सँस्कृति र भाषाको भूमिका महत्वपूर्ण हुन्छ ।

नेपालमा नेवार समुदायलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । दर्जनौ नश्लका मानिसहरु नेपाल उपत्यकामा प्रवेशपछि नेवारी सँस्कृतिलाई स्वीकार गरे नेवारी भाषा बोले । अहिले एउटै नेवार जातिको रुपमा साझा भाषा र सँस्कृतिले उनीहरुलाई एउटा मालामा उन्यो । नेवारी भाषा बोलेको र नेवारी सँस्कृति अंगालेकै आधारमा उनीहरु नेवार जाति भए र त्यसमा गौरव गर्छन् । अर्को एउटै नश्लका भएपनि धर्मका कारण तामाङ र गुरुङहरुले किरात भन्दा अलग जातीय पहिचान बनाएका छन् । नेपाल लगायत दक्षिण एशियामा यसको दर्जनौ उदाहरण मानवशास्त्रीय अध्ययनमा देख्न सकिन्छ ।
जातिको परिभाषाः कसैले आफूलाई अलग जातिको रुपमा दावी गरीरहँदा केलाई जाति भनिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ । सामान्यतः जाति राष्ट्रियताको आधारमा छुट्टिने मनुष्यको एक इकाइ भौगालिक आधारमा अलग मानिसहरुको एक इकाइ संस्कार वा धर्म अनुसार छुट्टिने मानव शाखा शारीरिक बनोट, गुण वा आकारप्रकारबाट छुट्टिने एक जीव वा निर्जीव वस्तुको इकाइ नै जाति हो ।

३. आदवासी जाति हुने आधारहरु
कुलुङ समुदायले विगत एकदशक पहिलेदेखि आफूलाई अलग आदिवासी जातिका रुपमा दावी गर्दै आएको छ । कुलुङ समुदायकै अगुवाइमा आदिवासी सूचिकरण अभियानले एउटा उचाइ पायो । आदिवासी जनजाति सूचि परिमार्ज्रन उच्चस्तरीय कार्यदल बनाउन सरकार गठन गर्न बाध्य भयो । कार्यदलले आफ्नो प्रतिवेदनमा पहिलेको सूचिलाई केही परिमार्जन गर्दै थप नयाँ आदिवासी जातिको सिफारिससमेत गरी सकेको छ । थपिएको सूचिमा कुलुङ परेको छ । कुलुङ आदिवासी जातिमा सूचिकरणका लागि सिफारिस भएपछि दाबी सही भएको पुष्टि भइसकेको छ । संसारमा आदिवासी जाति बन्नका लागि केही निश्चित आधारहरु हुन्छन् । समाजशास्त्री/मानवशास्त्री र भाषाशास्त्रीहरु तथा अन्तराष्ट्रिय महासन्धि र घोषणा-पत्रले आदिवासी जाति हुने आधारका रुपमा छुट्टै भाषा छुट्टै सँस्कृति लिखित वा अलिखित इतिहास छुट्टै आदिभूमि हामी भन्ने भावनालाई मानेका छन् । कुलुङ समुदायसँग उल्लेखित सम्पूर्ण आधार र प्रमाणहरु रहेको छन् । छेम्सी ताम्सी पिल्मो सोत्तो र नाम्लुको साझा भाषा सँस्कृति मौखिक इतिहास महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको छ ।

३. कुलुङ जातिको निर्माण
एउटै नश्लका चारजना पूर्खाहरु हुङ्गु उपत्यका प्रवेश गरेका थिए । छेम्सी ताम्सी खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरु कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । पहिले आएको छेम्सीले निर्माण गरेकै सँस्कृतिलाई अन्य दाजुभाइले स्वीकार गरेर बसे । जसलाई उनीहरुबीच सामुहिकता जनाउन कुलु रिङ-रिदुम नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । जसले सामुहिकतालाई जनाउँछ जुन साझा सँस्कृति र सभ्यता पनि हो । यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ जाति भनेर चिनिए ।

मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी सुरुमा हुलुमा आएर बसे । पछि शिकार खेल्ने क्रममा वर्तमान छेस्काम गाविसको छेम्सीसम्म पुगे । धेरै शिकार पाइने भएकोले छेम्सी अधिकांश त्यतै बस्न थाले । त्यो कुरा पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरुलाई मन परेन र उनीहरुले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले । रुपिहाङ्छाहरुको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपिहाङ्छाहरुलाई पराजित गरेर महाकुलुङ उपत्येकामा अधिपत्य जमाएका थिए । युद्ध सघाएको पुरस्कार स्वरुप छेम्सीले ताम्सीलाई बर्तमान छेस्काममा भूमि दिएर बसाए । (चार्लस मेकडुगल द कुलुङ राई अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज पेज १८)
मानवशास्त्री चाल्स्र मेकडुगलले छेम्सी ताम्सी पिल्मो सोत्तो र नाम्लु कुलुङ जातिका उप-जातिहरु हुन् भनेर ठोकुवा गरेका छन् । मेकडुगलका अनुसार हुङ्गु उपत्येका र वरिपरिको क्षेत्र समावेशित भू-भाग कुलुङ आदिवासी जातिको किपट हो- जसलाई महाकुलुङविस्तारित कुलुङ भुमि भनेर चिनिन्छ । चार्लस मेकडुगल द कुलुङ राई अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज पेज १९)

४. छेम्सी ताम्सी पिल्मो सोत्तो एउटै कुलुङ जाति हुनुको आधारहरु
अहिले इतिहासको गलत व्याख्या गर्दै कुलुङ जातिलाई फुटाउने प्रयास भइरहँदा छेम्सी ताम्सी पिल्मो सोत्तो कसरी एकै जाति हुन् भन्ने विषयलाई्र गहिरो गरी हेर्नु आवश्यक छ । अगाडि भनिसकिएको छ एउटा स्वाधिन जाति बन्नलाई त्यो समुदायसँग छुट्टै साझा भाषा छुट्टै साझा सँस्कृति साझा लिखित वा अलिखित इतिहास छुट्टै साझा आदिभूमि र हामी भन्ने भावना आवश्यक छ ।

हामीबीचमा एउटै जाति हुनु पर्ने सबै किसिमका सामुहिकताहरु छन् । हामीहरुबीचमा सामुहिक भाषा ुकुलुङु छ । सामुहिक संस्कृति छ । जन्मदेखि मृत्युसम्मको संस्कार तथा संस्कृतिहरु चाडपर्वहरु भेषभूषा साझा छ । सबै संस्कार गराउने मोप सातिपुस नोक्छो आदि सामुहिक छ । साझा मौखिक इतिहास छ । हामी विकसित भएको भूगोल हुङ्गु उपत्यका साझा छ । महाकुलुङ छेम्सी कुलु  ताम्सी कुलु पेल्मो कुलु  सोत्तो कुलु  पावै कुलु सबैको साझा ऐतिहासिक भूमि हो । कुलुङ जातिकै नामबाट महाकुलुङ कुलुङ जस्ता ठाउँहरुको नाम रहन गएको पाइन्छ । हामीमा भन्ने भावना छ । संस्कार संस्कृति चाल चलन जीवन शैली समान छ । छेम्सी ताम्सी पेल्मो सोत्तो सबै एक दाजुभाइ भएको हुनाको नेपाल एकिकरणपछि ुमहाकुलुङु किपट प्रदान राज्यले गरेको थियो ।

वंशवलीकै आधारमा भन्ने हो भने छेम्सी ताम्सी पेल्मो नाचिरी आदि हाम्रा पुर्खाका नामहरु थिए । संसारमा एउटै पूर्खाको नामबाट जातिको निर्माण भएको इतिहास पाइन्न । जाति निर्माणमा सँस्कृतिको मूख्य भुमिका हुन्छ । किनभने कोही व्यक्तिको सनकमा एकैपटक सँस्कृतिको निर्माण सम्भव छैन । एउटा पूर्खाको नामबाट जाति विभाजन गर्ने हो भने त्यो भन्दा दुर्भाग्य केही हुन्न ।

५. कुलुङ संघ निर्माको इतिहास
कुलुङ समुदायमा जातीय पहिचानको खोजी धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ । तिलकशंकर सोम्फोरु कृष्णबहादुर गान्खू लगायतका मानिसहरुको भुमिका महत्वपूर्ण छ । अन्य व्यक्तिहरुले पनि यसमा चासो राखेका थिए । संगठित रुपमा पहिलो कुलुङ जातिको ऐतिहासिक भेला २०४९ पौषमा सम्पन्न भएको थियो । त्यही भेलाले कुलुङ जातिलाई पहिलो पटक संगठित स्वरुप प्रदान गर् यो । त्यही भेलाले नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ स्थापना गर् यो ।

पछि काठमाण्डौंमा हुने कुलुङ समुदायका केही व्यक्तिहरुले कुलुङ राई भाषा सँस्कृति उत्थान संघ काठमाण्डौं गठन गर् यो । कुलुङ जातिलाई पहिचान दिलाउने क्रममा त्यसको महत्वपूर्ण योगदान रह्यो । कुलुङ वंशवली २०५४ सालमा सोही संस्थाले गरेको थियो । त्यो वास्तवमै कोशेढुंगा थियो । कुलुङ भाषा सँस्कृति उत्थान संघको संस्थापक महासचिव भूपध्वज थोमरोस कुलुङ थिए । उनकै नेतृत्वमा २०५५ सालसम्म कुलुङ संघ साचालन भएको थियो र वंशवली प्रकाशनको नेतृत्व उनीबाटै भएको थियो ।

छेम्सी ताम्सी पिल्मो सोत्तो नाम्लु समूहका सवै कुलुङहरु मिलेर कुलुङ संघ ुनेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघु स्थापना भएको थियो । कुलुङ संघको दस्तावेजहरु अध्ययन गर्दा अधिकांश नेतृत्व पिल्मो र सोत्तोहरुबाटै हुँदै आएको देखिन्छ । छेम्सी ताम्सी पिल्मो/दिस्मी नास्मी/नाचिरी आदिका सन्तानहरु कुलुङ भएकै कारण उनीहरुको भाषा संस्कृति वंशावली रहनसहन साझा छ । उनीहरुमा सामुहिकता छ । यसै अनुरुप यी दाजुभाइहरु मिलेर कुलुङ संघ ुनेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघु को स्थापना गरिएको हो । वर्तमान कुलुङ संघको प्रमुख नेतृत्वमा पिल्मो र सोत्तो समुदायबाट सम्हाल्ने काम भइरहेको छ ।
तर केही व्यक्तिहरु अध्ययन कमी र इतिहास नवुझेकावाट समय समयमा भ्रम सृजना गर्ने गरेको पाइन्छ । यसले हाम्रो सोझा सिधा दाजुभाइ दिदीवहिनीहरुमा अन्योलता छाएको छ । विभिन्न क्षेत्र विदेशवाट पनि प्रश्न उठीरहेको छ । यस किसिमको भ्रमवाट मुक्त भै हाम्रो पहिचान र परंपरागत सामुहिकतालाई वलियो वनाउन सवै कुलुङ समुदायको कर्तव्य हो ।

६. पिल्मोहरु किन कुलुङ नै हुन्
पिल्मोहरु अन्यत्र जातिको रुपमा विकसित भएर आएका समूह होइनन् । कुलुङ सभ्यताकै रुपमा छेम्सी ताम्सीसँगै पिल्मो विकास भएको हो । राताप्खु र खप्दुलुहरु महाकुलुङ प्रवेश गर्दा नाछिरिङ भन्ने कुनै जातिको विकास भएको थिएन । नाछिरिङ जाति हो भने त्यसअघि कतै अलग सभ्यताको रुपमा विकसित भएर आएको देखिनु पर्ने हो । खास गरेर राताप्खु र खप्दुलु घुमन्ते शिकारीको रुपमा जंगली युगमा सभ्यताको विकास हुनुअघि हुङ्गु उपत्येका आएका हुन् । उनीहरुले छेम्सीले विकास गरेको भाषा सभ्यता र सँस्कार सिकेर स्थायी बसोबास गरेको देखिन्छ । पछि छेम्सी ताम्सी खप्दुलु राताप्खु सबै मिलेर साझा कुलुङ सभ्यताको विकास गरे । कुलुङ सभ्यताबाट कुलुङ जातिको विकास भएको हो । सोत्तोको पनि कुनै अलग पहिचान पाउन सक्ने इतिहास छैन ।

पिल्मोभित्रको मोरोमुलको कथाः
मोरोमुललाई पिल्मो समूहको पाछाका रुपमा कुलुङ वंशवलीमा समावेश छ । मोरोमुलको कथा यस्तो रहेको छ । धेरै वर्ष पहिले सोलुखुम्बूको जुभिङ गाउँबाट एकजना खालिङ युवा बरालिँदै पिल्मो गाउ आइपुगे । उनी पिल्मोमा नै बस्न थाले । तिमी को हौ  भनेर सोध्दा कुलुङ भाषामा ुमोरोङ मोरोङु मात्रै भन्थे । पछि पिल्मोकै …… पाछाकी युवतीसँग विवाह गरेर त्यही बसोबास गरेछन् । पिल्मो गाउमाँ बसोबास गरेपछि उसलाई पनि कुलमा राख्नु पर्ने भयो । कुलुङ परम्परा अनुसार कुल संस्कारमा राख्न द_िप्स्नङ राख्नु पर्ने हुन्छ । द_िप्स्नङ दिने कार्यक्रममा उस्ले राँगा काटेर ठूलो भोज लगाए । पुर्खा सम्मेलनमा उस्लाई ुजुन्जुलु कुरिक्सा निङ्वारी लोरिसाु द_िप्स्नङ दिइयो । जुभिङबाट आएको र भोज लगाई द_िप्स्नङ राखेकाले नाम प्रचलित भएको अर्थमा उक्त द_िप्स्नङ दिइएको थियो । यसले पनि देखाउँछ जातिको निर्माण् कसरी हुन्छ भनेर ।

७. जातीय विभाजन वा खण्डिकरणका दुस्परिणामहरु अहिले कुलुङबाट नाछिरिङ बन्ने प्रकृया पहचिानको खोजी नभइ जातीय अन्तरध्वंस हो । पहिचानको खोजी भएको पहिचानलाई मेटेर नभएको काल्पनिक चीज अंगाल्दै अन्तरध्वंसमा जानु कदापि होइन । आफ्ना आदिम पूर्खाहरुले निर्माण गरेरको भाषा-सँस्कृतिलाई त्याग्दै कसैले आवेगात्मक निर्णय गरे भोलिको सन्ततीले सराप्ने छ । अहिले लहडका भरमा कोही कुलुङबाट नाछिरिङ बने त्यसले भविश्यमा आपसी द्धवेस उत्पन्न हुने पक्का छ । नाछिरिङ बन्नेहरु सँस्कार विहिन ुकुसुण्डाु त बन्ने नै छन् भाषाको लँडाइ हुने दिन आउनेछ । इतिहासको विरासत नबुझ्दा हामी जंगली अवस्थामा फर्कने दिन आउने अवस्था बन्छ । संसारमा भाषाको कारण धेरै युद्धहरु भएका छन् । बंगलादेश तमिलनाडु गोर्खाल्याण्ड श्रीुङ्कन गृहयुद्ध आदि दर्जनौ यसका उदाहरण छन् । अहिले देखा परेको विभाजनको भोलीको दृष्य दाजुभाइ र छिमेकीबीच काटाकाट हो । हामी कुलुङ समुदायका अगुवाहरुले खोजेको भोली त्यो दुर्दान्त दिन होइन ।
दश वर्षबढीको पहिचानको लँडाइबाट हामी कुलुङहरु एउटा सार्वभौम अलग आदिवासीको रुपमा मान्यता पाउने अवस्थामा पुगेका छौं । यो बेला इतिहासले विभाजनको होइन थप एकता र सशक्तताको जिम्मेवारी हामीलाई दिएको छ । अहिलेको यो स्वर्णिम अवसरलाई नचिन्ने हो भने हामी फेरी दुर्भाग्यको गर्तमा फस्ने पक्का छ । नाछिरिङ भन्नेहरुले आफुलाई पहिचान दिलाउन त सक्ने छैनन् नै कुलुङलाई पनि डुबाउने छन् । सचेत कुलुङ पूर्खाहरु जोसमा होइन होसमा आएर जातीय एकतामा जुट्नु जरुरी छ । भएको हातखुट्टा काटेर आफैँ अपाङ्ग बन्नमा तर्फ कोही लाग्ने छैनौं ।

८. बंशवलीको आलोचना ड्डछेम्सी र राताप्खुले मामा-भााजा साइनो लगाए- जबकी उनीहरु बंशवली अनुसार नै चार पूस्ताभित्रका दाजुभाइ थिए । ड्डखुवोलुङबराहक्षेत्र  यो मिथक किराँत इतिहाससँग छेउटुप्पो मिल्दैन । जबकी किरात सभ्यताको विकास ब्रहम्पुत्र नदीको मैदान-कामरुपमिनापोङ्खो-हाल्कुम्बूमा भएको थियो । पछि गंगाको उत्तरी मैदान हुँदै सिन्धुघाँटीसम्म पुगेको थियो । किरातीहरु शिकार खेल्नेक्रममा पहिल्यै हिमालय पर्वततिर आउने गर्दथे । पहाडी क्षेत्रमा बाक्लो बसोबास भने गंगाको मैदानमा आर्यहरुको अतिक्रमण बढ्दै गएपछि भएको हो । आदिम किरात पूर्खा खम्बुहोङ बराह क्षेत्रमा थिएनन्।
ड्डकुलुङ पूर्खा महाकुलुङ प्रवेश हुँदा आफैँबीचमा विहेबारी हुने चलन अन्त्य भइसकेको थियो । जबकी खम्बुहोङको पालामा आफ्नै परिवारको चेली विहे गर्ने चलन थियो । खम्बुहोङ कम्तिमा ३० हजार वर्ष पहिलेका पूर्खा थिए । यहाँ आउने कुलुङ पूर्खाहरु खम्बूहोङ नातीहरु थिएनन् । धेरैपछिका दर सन्तानहरु थिए । किन भने त्यो बेलासम्म सभ्यताको पूर्ण विकास नभएपनि आफ्नो परिवार भन्दा बाहिर विहे गर्ने चलन सुरु भइसकेको थियो । त्यसलाई मिथकले पनि स्वीकार गरेको छ । कुलुङ पूर्खाहरु थुलुङ साम्पाङ या खालिङ मात्रै विहे गर्दथे ।

ड्डयलम्बर अगाडि कि खम्बुहोङ  बंशवली बोल्दैन । पक्कै खम्बुहोङ अगाडिका हुन् । तर उनको वा उनको कुन दाजुभाइको दर सन्तान यलम्बर भए त  खासमा पहिले साँघु र पुलहरु नहुने भएकाले सोझै सप्तकोशी तर्ने सम्भावना थिएन । नदीको साँघुरो ठाउँ खोज्दै साँघु थापेर वारिपारि तर्दै तराईबाट पहाडमा प्रवेश गरेका थिए । खुवोलुङ बराह क्षेत्र नै हो भनेर दाबी गर्न सकिने कुनै आधार छैन । बराहक्षेत्रलाई खुवोलुङ भनिदिँदा किरात इतिहास साँघुर् याउने मुर्खतापूर्ण अपराध बाहेक केही हुन्न ।

ड्डखासमा किरातीहरु पूर्वबाटै उपत्यका प्रवेश गरेर राज्य गरेको थिए । पछि युद्धमा हारेपछि पूर्वतिरै फर्किए र सुनकोशी पूर्वको पहाडी क्षेत्रमा सदासदालाई बसे र पूर्खाको विरासतलाई निरन्तरता दिए ।
ड्डबंशवलीमा छोराहरुको नाम अनुसार थर भएको लेखिएको छ । कुलुङ परम्पराअनुसार ७ पुस्तामा हाडफोड्न मिल्ने भएकोले एउटै वंशजमा विहेबारीपछि मात्रै थरपाछा फेर्ने चलन छ । सेभेजरी बारबर र सिभिलाईजेसनको चरित्र मिलाएर राख्ने । त्यसो भएको हुनाले छोराहरुको नामनै थर राखिएको सत्य होइन । छेम्सीका सन्तानहरु धेरै समय त्यही मात्रै भएर रहे । ताम्सी खप्दुलु राताप्खुको पनि त्यही भयो । बाटोघाटोको असुविधा र फरक समुदायबीचको बेमेलका कारण पछि हुङ्गु उपत्येकामा रहेका चार कुलुङ पूर्खाका सन्तानहरुले आपसमानै विवाह गर्ने निर्णय गरे । हाडफोडियो र फरक-फरक दप्स्नीङ र पाछा दिन थालियो । अद्यपि कुलुङ समाजमा त्यही चलन छ । उदाहरणको लागि तोमोछाबाट हाडफोडेर मोरोखु नामाकरण गरियो । मोरोखुका तीन छोराहरु गोत्ती छतिङ्खो र बाच्छो भए । उनीहरुको नाम फरक फरक भएपनि त्यो पाछा भएन एउटा बंशगोङ मात्रै भयो । अहिले समग्रमा सबैले मोरोखु नै भन्दै आएका छन् । गोत्ती र छतिङ्खोमा केही हाडफोडिएको भएपनि मुइकुमले मोरोखु नै भन्दै आएकाछन् ।

९. अबको हाम्रो बाटो र युवा दायित्व अहिले हामी इतिहासको एउटा कठीन घडिमा छौं । हजारौं वर्षको प्रयासबाट निर्माण भएको कुलुङ जातिको इतिहास र गौरवलाई उँचो बनाउने हामी सबैको दायित्व हो । मानवशास्त्रीय/समाजशास्त्रीय तथा भाषाशास्त्रीय अध्ययन -अनुसन्धानले कुलुङहरु छुट्टै पहिचान भएका सार्वभौम आदिवासी जातिहरु हुन भन्ने प्रमाणित गरी सकेको छ । यस अवस्था हामीले विभाजनको विषाक्त रेखाहरु कोरेर विनासको बाटो रोज्नु बुद्धिमानी हुन सक्दैन । कुलुङ समुदायका बुद्धिजीवि महिला युवा सबै जातीय एकतामा लाग्नुको विकल्प छैन । हामीसँग धेरै समय उपलब्ध छैन । अलमलमा पर्नु हुँदै हुन्न । 

1 comment:

  1. जातीय विभाजन वा खण्डिकरणका दुस्परिणाम पिल्मोस हरु होइन मित्र जो आफैलाई मात्र जान्ने सम्जिन्छ उसले विवाद सिर्जना गर्दै छ । किन भने नाछिरी पिल्मोस हरु को बजे वा पुर्खा हो जुन कुरा इतिहास ले छर्लङ देखाएको छ ।

    मिल्छ भने ईमेल पाउ तपाईं सँग केहि कुरा गर्न र सिक्न मन छ
    rai_shambhu3@yahoo.com

    ReplyDelete