-शंकरकुमार राई प्रमुख कुलुङ बहुमसखी क्याम्पस भोजपुर
म भोजपुर कुलुङमा २०११ कार्तिक २० गते जन्मिएको शंकरकुमार राई । पहिले आफ्नो जातीय पहिचान बारे थाहा भएन । त्यसैले सबै तिर शंकरकुमार राई भनेरै चिनिएको छु । वास्तवमा म कुलुङ जातिको तोमोछा पाछाको हुँ । त्यही भएर जनगणना २०६८ मा भने शंकरकुमार कुलुङ तामोछा लेखाएँ । २०२९ सालमा गाउँकै वीरेन्द्र हाइस्कुलबाट प्रवेशिका उर्तीर्ण गरेँ । बा-आमा गरिब भएपनि जस्तै दुःख सहेर भएपनि पढ्छु भन्ने अठोट थियो र काठमाण्डौं आएँ । महेन्द्ररत्न क्याम्पस ताहाचलको पहिलो व्याचको विद्यार्थी हुँ म ।
आइएड पास भएपछि २०३१ सालमा गाउँ गएर निमावि दरबन्दीमा पढाउन थालेँ । पढ्ने धोको छँदै थियो । आर्थिक अभावमा पढाइलाई लगातार गर्न सकिन । प्रत्येक वर्ष विएड भर्ना गरेँ । तर पुरा गर्न सकिएन । २०३६ सालमा बेतलबी विदा लिएँ र काठमाण्डौं पढ्न हिँडे । २०३८ सालमा विएड पास गरेँ । गाउँ फर्किएर २०३९ सालदेखि पढाउने कामलाई निरातरता दिएँ ।
२०४३ सालमा मावि स्थायी शिक्षक भएँ । त्यही वर्षबाट वीरेन्द्र हाइस्कुल कुलुङ हालः वीरेन्द्र उच्चमावि हेड मास्टर भएँ । त्यो बेला स्कुलको हालत बहुत नाजुक थियो । स्टाफहरु ६/६ महिनामा तलब लिन्थे म वर्ष दिनमा लिन्थेँ । तर जिल्ला सदरमुकाम भोजपुर महिनैपिच्छे जानु पर्ने । पाचयाती संस्कारमा हेडमास्टरले केही हाउभाउ देखाउनु पर्ने । पैसा थिएन । त्यही भएर दुई कित्ता जमिन बेचेर विद्यालय चलाएँ ।
वास्तवमा धेरै दुःखले वीरेन्द्र माविलाई उच्चमाविसम्म पुर् याएँ । मेरो कार्यकालमा कुलुङ स्कुललाई भौतिक रुपमा सम्पन्न बनाएँ । विद्यलायको आर्थिक अवस्था राम्रो भएको छ । प्रत्येक वर्ष केही न केही निर्माणको काम गरेँ । शैक्षिक सँस्थामा कुलुङ भोजपुरकै अग्रणी बनाउन सफल भएको छु । लाइब्रेरी अडिटोरियम हल कक्षा कोठा होस्टल सबै पुग्दो छ । यसमा सबैको सहयोग रह्यो । सहयोगीहरुप्रति सँधै कृतज्ञ छु । उनीहरुकै सहयोगले मेरो नेतृत्वमा त्यति काम भयो ।
२२ वर्ष प्रअ भएर काम गर्दा अब त केही गरियो भन्ने लागेपछि अवकास लिएर पेन्सनमा बसेको छु । नेतृत्व पछिल्लो पुस्तामा हस्तान्तरण भएको छ । कुलुङ उत्तरी भोजपुर र संखुवासभाको उत्तर पश्चिम क्षेत्रको शैक्षिक केन्द्र हो । वीरेन्द्र माविमा अध्ययन गरेका विद्यार्थीहरु देशको धेरै ठाउँमा स्थापित व्यक्तित्व भएका छन् । शैक्षिक राजनीति सबै क्षेत्रमा कुलुङ दुर्गम भइकन पनि भोजपुरको अगुवाइ गर्दै आएको छ । पाचयात कालदेखि नै राजनीतिक प्रतिनिधित्व कुलुङले पाएको छ । २०२३ साल यता लगातार कुलुङमा जन्मिएको कोही न कोही व्यक्ति संसदमा पुगेको छ । यद्यपि विकास उस्तो गरी भएको छैन ।
शैक्षिक गुणस्तर सुधार गर्न शिक्षालयलाई राजनीतिक प्रभावबाट बचाउनु जरुरी छ । शिक्षकहरु जिम्मेवार नभइ शैक्षिक गुणस्तर सुधार हुन्न । गुणस्तर सुधारका लागि उनीहरु नै प्रमुख फयाक्टर र एक्टर हुन । शिक्षकहरु राजनीतिक कार्यकर्ता नभएर व्यवसायिक बन्नु पर्छ । निजी विद्यालयहरु व्यवसायिक भएरै राम्रो गरेका हुन् । अभिभावकहरु आफ्नो छोरा-छोरीको पढाइ र विद्यालयको अवस्थाप्रति सचेत हुनैपर्छ ।
विचार आस्था फरक कुरा हो तर शैक्षिक संस्थालाई नै अभ्यासको थलो बनाइनु हुन्न । पार्टीहरु प्रअदेखि विद्यालय व्यवस्थापन समितिसम्म सबैमा कब्जा जमाउन खोज्छन् । असक्षमलाई्र पार्टीको आवरणमा संरक्षण गर्ने दण्ड नदिने प्रवृति ज्यादै खतरनाक छ । राज्यले दिने सेवासुविधामा शिक्षक र अन्य कर्मचारीबीच विभेद गर्नु हुन्न ।
राजनीतिकरणबाट नै अहिले सामुदायिक विद्यालयहरुको प्रमुख समस्य हो । राम्रो काम गर्ने हेडमास्टर शिक्षक वा व्यवस्थापन समिति भएपनि पार्टीगत लेबल लगाएर हेरिन्छ । असहयोग र हतोत्साही गरिन्छ । म २२ वर्ष हेडमास्टर हुँदा त्यही समस्य सँधै झेल्नु पर् यो । मैले यति छिट्टै हेडमास्टर छाड्ने चाहेको थिइन । सबैतिरको राजनीतिक दवाव कति झेल्ने भनेर राजीनामा दिएर पेन्सनमा बसेँको हुँ ।
म कर्तव्यमा चुक्न नचाहने । विद्यालयमा समयलाई ख्याल गर्ने मान्छे । आफ्नो विषयमा कमाण्ड गरेर पढाउने मान्छे । हेडमास्टर भएपछि प्रशासन त अलि कडा भएरै चलाउन पर् यो । अनुशासन भङ्ग गर्ने अटेरी र पढाइमा अल्छी विद्यार्थीमाथि अलि कडा भएरै प्रस्तुत भएँ । कतिलाई शारीरिक दण्ड पनि दिएँ । अहिले सम्झँदा त्यसो नगर्नु पर्ने रहेछ भन्ने लागेर आउँछ । त्यो मनोवैज्ञानिक व्यवहार थिएन । पहिले विद्यार्थीहरु ठूलठूला थिए र स्कुलमा फाइट गर्थे । आमाबाबु पनि आफ्नो छोराछोरी सुधारी दिन शिक्षकले विद्यालयमा दण्ड देओस भन्थे । तिनीहरुलाई धेरै सजाय गरियो । दुःखको कुरा मैलै त्यसो गर्दा पनि तिनीहरु सुध्रेनन् । सुधि्रएको भए पनि सन्तोष हुने थियो । आखिर तिनीहरु त्यस्तै भए । अहिले सम्झँदा पश्चताप लाग्छ । विद्यार्थीलाई नकुटेको भए हुन्थ्यो भन्ने लागि रहन्छ ।
20६५ भदौ ५ गतेसम्म ३४ वर्ष स्कुल पढाएँ । २२ वर्ष हेडमास्टर भएर मावि चलाउँदा एक पैसा भ्रष्टचार गरिन । मेरो जीवनको कसैलाई बाँड्न खुसीको कुरा केही छ भने त्यही हो । बरु आफ्नो लगानी गरेको छु । आर्थिक सदाचारिता कायम गरेकै कारण समाजमा मप्रति ठूलो विश्वास छ । जस्तै मेरो विरोध गर्नेले पनि मेरो इमानदारितामा औंला ठडयाउन सक्दैन । आफ्नो जिम्मेवारीप्रति इमानदार र सदाचारी व्यक्तिका रुपमा जुन इमेज बनाएको छु त्यही नै मेरो जीवनको कमाइ हो । आर्थिक र भौतिक कमाइन भने मसँग छैन । छोराछोरी पढाउने बोझ देख्दा त्यो पनि आवश्यक रहेछ भन्ने लाग्छ । तर पैसा कमाउनमा ध्यान नदिएकोमा कुनै पश्चाताप छैन ।
अहिले गाउँमै कुलुङ बहुमुखी क्याम्पस स्थपना गरेर क्याम्पस प्रमुखको जिम्मेवारीमा छु । कुलुङ भोजपुरको दोश्रो क्याम्पस हो । २०६६ सालबाट साचालित क्याम्पसमा अहिले व्यवस्थापन संकाय मात्रै भएकाले स्नातकमा विद्यार्थी कम छ । शिक्षाशास्त्र संकाय थप्ने योजनामा छौं । टियुले आवश्यक अध्ययन गरेर प्रतिवेदन बुझाइ सकेको छ ।
अहिले मेरो सबै ध्यान कुलुङ बहुमुखी क्याम्पसमा शिक्षाशास्त्रमा स्नातक चलाउनेमा केन्द्रीत छ । त्यो पुरा भएपछि सुविधा सम्पन्न भवन निर्माण दोश्रो लक्ष्य हो । त्यसपछि स्थायी आर्थिक श्रोत खोजेर क्याम्पसलाई आत्मनिर्भर बनाउँदै एउटा सिस्टममा पुर् याएर अवकासको जीवन बिताउन चाहन्छु । मैले शिक्षण पेशामा लागेर स्वर्ण पदक पाएको छु । अहिलेसम्मको मेरो राष्ट्रिय सम्मान त्यही हो ।
मेरो व्यक्तिगत योजनाको कुरा गर्नु पर्दा कसैको भनाइ पढेको थिएँ ुसमाजलाई शिक्षा दिने असल पुस्तक लेख या सामाजिक काम गर त्यसले जीवनलाई चिरन्जीवि बनाउँछ ।ु म पनि पुस्तक लेख्न चाहन्छु । सामाजिक सेवा र राजनीति पनि भावी कार्ययोजनामा छन् । पहिलो प्राथमिकता भने पहिले लेखिएका प्रकाशित अप्रकाशित कविताहरुलाई संकलन गरेर संग्रहका रुपमा प्रकाशन गर्ने हो । त्यसपछि अन्य पुस्तक लेख्न मन लागेको छ । अनि राम्रा खालका कथाहरु लेख्ने जोस पनि छ ।
म परिवारमा साइलो छोरो हो । दाजुभाइ ५ जनामा भाइ काइला पदम शिक्षक थियो ऊ मरिसक्यो । अहिले ४ भाइ छौं । मेरो गाउँमै विहे भएको हो । पहिलो श्रीमती संखुवासभा ताम्कूको हो । म काठमाण्डौंमा विएड पढ्दै गर्दा माइतमा सुत्केरी अवस्थामा टिटानस भएर उनको मृत्यु भएछ । छोरी पनि ९ महिनामा मर् यो । दोश्रो विहे धेरैपछि गरेको हो । अहिले श्रीमती गाउँमै छिन् । २ छोरा २ छोरी छन् । छोरीहरु स्नातक पढ्दैछन् । छोराहरु १२ कक्षा दिएर बसेका छन् । बाबा इन्द्रबहादुर राई र आमा छविमाया पावाली वितिसक्नु भयो ।
म परिवारमा साइलो छोरो हो । दाजुभाइ ५ जनामा भाइ काइला पदम शिक्षक थियो ऊ मरिसक्यो । अहिले ४ भाइ छौं । मेरो गाउँमै विहे भएको हो । पहिलो श्रीमती संखुवासभा ताम्कूको हो । म काठमाण्डौंमा विएड पढ्दै गर्दा माइतमा सुत्केरी अवस्थामा टिटानस भएर उनको मृत्यु भएछ । छोरी पनि ९ महिनामा मर् यो । दोश्रो विहे धेरैपछि गरेको हो । अहिले श्रीमती गाउँमै छिन् । २ छोरा २ छोरी छन् । छोरीहरु स्नातक पढ्दैछन् । छोराहरु १२ कक्षा दिएर बसेका छन् । बाबा इन्द्रबहादुर राई र आमा छविमाया पावाली वितिसक्नु भयो ।
मैले समयमा आफ्नो पहिचान स्थापित गर्न सकिन भन्ने लागि रहन्छ । म सानैबाट साहित्यमा चासो राख्ने केही लेख्ने मान्छे । यो बेलासम्ममा आफ्नो स्पेस बनाउनु पर्ने हो । त्यो हुँदैन भइन । मसँग जुन आकांक्ष थियो त्यो पुरा गर्न सकिन । पढाइ निरातर हुन सकेन २०४६ सालमा स्नातकोत्तर गरेँ । मैले समयलाई चिनिन वा समयले मलाई छाड्यो थाहा पाइन । यसमा पक्कै मेरै कमजोरी छ ।
प्राणी जगतमा आ-आफ्नो जातिको संरक्षण गर्ने गुण हुन्छ । आफ्नो जाति माथि जाओस भन्न चाहन्छ । विज्ञानले त्यही भन्छ । मलाई पनि आफ्नो कुलुङ समुदायलाई माथि उठाउन केही गर्न तत्पर रहुनु पर्छ भन्ने लाग्छ । हाम्रो समुदायको उत्थान बिना हामीमाथि जान सक्दैनौं । नेपालका विकसित जातिहरु आफ्नो समुदायलाई सँधै वास्ता गर्दै अगाडि गएको देखिन्छ । सामाजिक काम गर्नु पर्छ स्वार्थलाई अगाडि राख्नु हुन्न । सदाचारिता मान्छेको जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो ।
भोजपुर कुलुङ गाविसको घले गाउँको चावाको नाम कुलुङ चावा हो । त्यही भएर कुलुङ नाम रहेको विश्वास गरिन्छ । पहिले तिनतामा र कुलुङलाई सानो कुलुङ भनिथ्यो । पहिले सायद कुलुङहरुले यो भुमिलाई आवाद गरेका थिए र कुलुङ नाम राखियो भन्ने मान्यता पनि छ ।
अन्त्यमा ९ कक्षामा पढ्दा आफ्नो बा-आमा अरुको जस्तै बाठा भइदिएका भए भन्ने कल्पनामा लेखेको कविताको छोटो अंश राख्न चाहन्छु । सम्झनछु अझै हामी किराती त्यही कविताकै अवस्थामा छौं ।
हाम्रा बाआमा ढुकुर
हामी ढुकुरका छोराछोरी
छाति फर्काएर शिकारीलाई देखाई दिनु पर्ने ।
हाम्रा बाआमा हुटिट्याउँ
हामी हुटिट्याउँका छोराछोरी
रातभर आकाशमा कराएर हिँड्ने ।
प्रस्तुतीः राजधन कुलुङ
अन्त्यमा ९ कक्षामा पढ्दा आफ्नो बा-आमा अरुको जस्तै बाठा भइदिएका भए भन्ने कल्पनामा लेखेको कविताको छोटो अंश राख्न चाहन्छु । सम्झनछु अझै हामी किराती त्यही कविताकै अवस्थामा छौं ।
हाम्रा बाआमा ढुकुर
हामी ढुकुरका छोराछोरी
छाति फर्काएर शिकारीलाई देखाई दिनु पर्ने ।
हाम्रा बाआमा हुटिट्याउँ
हामी हुटिट्याउँका छोराछोरी
रातभर आकाशमा कराएर हिँड्ने ।
प्रस्तुतीः राजधन कुलुङ