Saturday, October 15, 2011

रिदुम्छा चारछा कुलुछा लोलिन्चियाक छाम्

                                                                       -आरडी कुलुङ/तारा कुलुङ
महाकुलुङ चारपिक ललै खोलोआ पयची 
छेम्सी ताम्सी सोत्तो पिल्मो कुलुछाङ लयची ।

हुङ् योउमी बरबार कुलुम् चाःर ईमी महाकुलुङ
रिङ्आः लो रिदुमआः छुवीक केईने रोदुछा कुलुङ
कुलुछा छुवीकप् ई साईये चोङचोङ मयाम्के
शिलुछो-बुकुर्मी गोगोप् खोलोआ सानिवा खप्साम्के ।

छेम्सी छेस्काम साद्धी पिल्मो सोत्तो पावै बुङ
तुमाउ लुच्चाम् गुदेल चोचोलु नाम्लु तुप् केई खोलोङ
ओन्तो नप ई पोक्स्को छासको लोःक कुलु्छा केई
लोऊ छोऊआ तोङ्ना गोलुङ दुमोङ पेराम्नो कई ।

सा सेत्तो सेत्तो ई फपची ताथेक महाकुलुङ 
लिप्पो फप्चीम् छा-चास छासिक केई खोलोङ
तुक रिङ रिदुम् इतिहास माताम्दो छेन्चिम्ने दुराम्नो 
फप्-पाचीम निङ् लो ई कुलुङ सभ्यता आसासो माताम्नो ।

रिङ रिदुम् ललै खोलोआ सम्सुर्तो हन्ना खातेके
कुलुछाम् निङ सो चोमोलुङमाप्का मेक्तो खायाम्के
रिङआ लो रिदुम्आ सोम्छा छुवीक केई
कुलुछा लोमचीम्पी चानकई सानिवा देई ।

खोलोङ केइ महाकुलुङ चाःरलाम् लोलिन्चितो लत्तिक
केन्पा लो कुलुपोङ्खोलाम् चारपोतेल नाम्पी छासिक
चारथेम्पी ललै ना रिदुम्-रिङ्आ सोम्छाम् जात छेन्चिये
गुस्पीक सुमरिङ तुप् छेम्सी-ताम्सी सोत्तो-पिल्मो कुलुछा लोन्चिये ।

महाकुलुङ चाःरपीक कुलुछा केईआ सानिवा पेराम्नो
ई होप्मी ललै लो सुम्रिङ आसासो हन्ना हो_िक्सयाम्नो
कुलुछाम् ललै पयची छेम्सी ताम्सी सोत्तो पिल्मो
केई खोलोङ महाकुलुङ चाःरपीक रोदुन् कुलुछा लयची ।

(सल्लाह सुझावका लागि प्रकाशित गरिएकोले सो आपेक्षा गरिन्छ ।) 

Wednesday, August 17, 2011

विद्यार्थीलाई शारीरिक दण्ड दिएकोमा पश्चताप लाग्छ

-शंकरकुमार राई प्रमुख कुलुङ बहुमसखी क्याम्पस भोजपुर 

म भोजपुर कुलुङमा २०११ कार्तिक २० गते जन्मिएको शंकरकुमार राई । पहिले आफ्नो जातीय पहिचान बारे थाहा भएन । त्यसैले सबै तिर शंकरकुमार राई भनेरै चिनिएको छु । वास्तवमा म कुलुङ जातिको तोमोछा पाछाको हुँ । त्यही भएर जनगणना २०६८ मा भने शंकरकुमार कुलुङ तामोछा लेखाएँ । २०२९ सालमा गाउँकै वीरेन्द्र हाइस्कुलबाट प्रवेशिका उर्तीर्ण गरेँ । बा-आमा गरिब भएपनि जस्तै दुःख सहेर भएपनि पढ्छु भन्ने अठोट थियो र  काठमाण्डौं आएँ । महेन्द्ररत्न क्याम्पस ताहाचलको पहिलो व्याचको विद्यार्थी हुँ म ।

आइएड पास भएपछि २०३१ सालमा गाउँ गएर निमावि दरबन्दीमा पढाउन थालेँ । पढ्ने धोको छँदै थियो । आर्थिक अभावमा पढाइलाई लगातार गर्न सकिन । प्रत्येक वर्ष विएड भर्ना गरेँ । तर पुरा गर्न सकिएन । २०३६ सालमा बेतलबी विदा लिएँ र काठमाण्डौं पढ्न हिँडे । २०३८ सालमा विएड पास गरेँ । गाउँ फर्किएर २०३९ सालदेखि पढाउने कामलाई निरातरता दिएँ । 

२०४३ सालमा मावि स्थायी शिक्षक भएँ । त्यही वर्षबाट वीरेन्द्र हाइस्कुल कुलुङ हालः वीरेन्द्र उच्चमावि हेड मास्टर भएँ । त्यो बेला स्कुलको हालत बहुत नाजुक थियो । स्टाफहरु ६/६ महिनामा तलब लिन्थे म वर्ष दिनमा लिन्थेँ । तर जिल्ला सदरमुकाम भोजपुर महिनैपिच्छे जानु पर्ने । पाचयाती संस्कारमा हेडमास्टरले केही हाउभाउ देखाउनु पर्ने । पैसा थिएन । त्यही भएर दुई कित्ता जमिन बेचेर विद्यालय चलाएँ ।

वास्तवमा धेरै दुःखले वीरेन्द्र माविलाई उच्चमाविसम्म पुर् याएँ । मेरो कार्यकालमा कुलुङ स्कुललाई भौतिक रुपमा सम्पन्न बनाएँ । विद्यलायको आर्थिक अवस्था राम्रो भएको छ । प्रत्येक वर्ष केही न केही निर्माणको काम गरेँ । शैक्षिक सँस्थामा कुलुङ भोजपुरकै अग्रणी बनाउन सफल भएको छु । लाइब्रेरी अडिटोरियम हल कक्षा कोठा होस्टल सबै पुग्दो छ । यसमा सबैको सहयोग रह्यो । सहयोगीहरुप्रति सँधै कृतज्ञ छु । उनीहरुकै सहयोगले मेरो नेतृत्वमा त्यति काम भयो ।

२२ वर्ष प्रअ भएर काम गर्दा अब त केही गरियो भन्ने लागेपछि अवकास लिएर पेन्सनमा बसेको छु । नेतृत्व पछिल्लो पुस्तामा  हस्तान्तरण भएको छ । कुलुङ उत्तरी भोजपुर र संखुवासभाको उत्तर पश्चिम क्षेत्रको शैक्षिक केन्द्र हो । वीरेन्द्र माविमा अध्ययन गरेका विद्यार्थीहरु देशको धेरै ठाउँमा स्थापित व्यक्तित्व भएका छन् । शैक्षिक राजनीति सबै क्षेत्रमा कुलुङ दुर्गम भइकन पनि भोजपुरको अगुवाइ गर्दै आएको छ । पाचयात कालदेखि नै राजनीतिक प्रतिनिधित्व कुलुङले पाएको छ । २०२३ साल यता लगातार कुलुङमा जन्मिएको कोही न कोही व्यक्ति संसदमा पुगेको छ । यद्यपि विकास उस्तो गरी भएको छैन ।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षालयलाई राजनीतिक प्रभावबाट बचाउनु जरुरी छ । शिक्षकहरु जिम्मेवार नभइ शैक्षिक गुणस्तर सुधार हुन्न । गुणस्तर सुधारका लागि उनीहरु नै प्रमुख फयाक्टर र एक्टर हुन । शिक्षकहरु राजनीतिक कार्यकर्ता नभएर व्यवसायिक बन्नु पर्छ । निजी विद्यालयहरु व्यवसायिक भएरै राम्रो गरेका हुन् । अभिभावकहरु आफ्नो छोरा-छोरीको पढाइ र विद्यालयको अवस्थाप्रति सचेत हुनैपर्छ ।

विचार आस्था फरक कुरा हो तर शैक्षिक संस्थालाई नै अभ्यासको थलो बनाइनु हुन्न । पार्टीहरु प्रअदेखि विद्यालय व्यवस्थापन समितिसम्म सबैमा कब्जा जमाउन खोज्छन् । असक्षमलाई्र पार्टीको आवरणमा संरक्षण गर्ने दण्ड नदिने प्रवृति ज्यादै खतरनाक छ । राज्यले दिने सेवासुविधामा शिक्षक र अन्य कर्मचारीबीच विभेद गर्नु हुन्न ।

राजनीतिकरणबाट नै अहिले सामुदायिक विद्यालयहरुको प्रमुख समस्य हो । राम्रो काम गर्ने हेडमास्टर शिक्षक वा व्यवस्थापन समिति भएपनि पार्टीगत लेबल लगाएर हेरिन्छ । असहयोग र हतोत्साही गरिन्छ । म २२ वर्ष हेडमास्टर हुँदा त्यही समस्य सँधै झेल्नु पर् यो । मैले यति छिट्टै हेडमास्टर छाड्ने चाहेको थिइन । सबैतिरको राजनीतिक दवाव कति झेल्ने भनेर राजीनामा दिएर पेन्सनमा बसेँको हुँ ।

म कर्तव्यमा चुक्न नचाहने । विद्यालयमा समयलाई ख्याल गर्ने मान्छे । आफ्नो विषयमा कमाण्ड गरेर पढाउने मान्छे । हेडमास्टर भएपछि प्रशासन त अलि कडा भएरै चलाउन पर् यो । अनुशासन भङ्ग गर्ने अटेरी र पढाइमा अल्छी विद्यार्थीमाथि अलि कडा भएरै प्रस्तुत भएँ । कतिलाई शारीरिक दण्ड पनि दिएँ । अहिले सम्झँदा त्यसो नगर्नु पर्ने रहेछ भन्ने लागेर आउँछ । त्यो मनोवैज्ञानिक व्यवहार थिएन । पहिले विद्यार्थीहरु ठूलठूला थिए र स्कुलमा फाइट गर्थे । आमाबाबु पनि आफ्नो छोराछोरी सुधारी दिन शिक्षकले विद्यालयमा दण्ड देओस भन्थे । तिनीहरुलाई धेरै सजाय गरियो । दुःखको कुरा मैलै त्यसो गर्दा पनि तिनीहरु सुध्रेनन् । सुधि्रएको भए पनि सन्तोष हुने थियो । आखिर तिनीहरु त्यस्तै भए । अहिले सम्झँदा पश्चताप लाग्छ । विद्यार्थीलाई नकुटेको भए हुन्थ्यो भन्ने लागि रहन्छ ।

20६५ भदौ ५ गतेसम्म ३४ वर्ष स्कुल पढाएँ । २२ वर्ष हेडमास्टर भएर मावि चलाउँदा एक पैसा भ्रष्टचार गरिन । मेरो जीवनको कसैलाई बाँड्न खुसीको कुरा केही छ भने त्यही हो । बरु आफ्नो लगानी गरेको छु । आर्थिक सदाचारिता कायम गरेकै कारण समाजमा मप्रति ठूलो विश्वास छ । जस्तै मेरो विरोध गर्नेले पनि मेरो इमानदारितामा औंला ठडयाउन सक्दैन । आफ्नो जिम्मेवारीप्रति इमानदार र सदाचारी व्यक्तिका रुपमा जुन इमेज बनाएको छु त्यही नै मेरो जीवनको कमाइ हो । आर्थिक र भौतिक कमाइन भने मसँग छैन । छोराछोरी पढाउने बोझ देख्दा त्यो पनि आवश्यक रहेछ भन्ने लाग्छ । तर पैसा कमाउनमा ध्यान नदिएकोमा कुनै पश्चाताप छैन ।

अहिले गाउँमै कुलुङ बहुमुखी क्याम्पस स्थपना गरेर क्याम्पस प्रमुखको जिम्मेवारीमा छु । कुलुङ भोजपुरको दोश्रो क्याम्पस हो । २०६६ सालबाट साचालित क्याम्पसमा अहिले व्यवस्थापन संकाय मात्रै भएकाले स्नातकमा विद्यार्थी कम छ । शिक्षाशास्त्र संकाय थप्ने योजनामा छौं । टियुले आवश्यक अध्ययन गरेर प्रतिवेदन बुझाइ सकेको छ ।

अहिले मेरो सबै ध्यान कुलुङ बहुमुखी क्याम्पसमा शिक्षाशास्त्रमा स्नातक चलाउनेमा केन्द्रीत छ । त्यो पुरा भएपछि सुविधा सम्पन्न भवन निर्माण दोश्रो लक्ष्य हो । त्यसपछि स्थायी आर्थिक श्रोत खोजेर क्याम्पसलाई आत्मनिर्भर बनाउँदै एउटा सिस्टममा पुर् याएर अवकासको जीवन बिताउन चाहन्छु । मैले शिक्षण पेशामा लागेर स्वर्ण पदक पाएको छु । अहिलेसम्मको मेरो राष्ट्रिय सम्मान त्यही हो ।

मेरो व्यक्तिगत योजनाको कुरा गर्नु पर्दा कसैको भनाइ पढेको थिएँ ुसमाजलाई शिक्षा दिने असल पुस्तक लेख या सामाजिक काम गर त्यसले जीवनलाई चिरन्जीवि बनाउँछ ।ु म पनि पुस्तक लेख्न चाहन्छु । सामाजिक सेवा र राजनीति पनि भावी कार्ययोजनामा छन् । पहिलो प्राथमिकता भने पहिले लेखिएका प्रकाशित अप्रकाशित कविताहरुलाई संकलन गरेर संग्रहका रुपमा प्रकाशन गर्ने हो । त्यसपछि अन्य पुस्तक लेख्न मन लागेको छ । अनि राम्रा खालका कथाहरु लेख्ने जोस पनि छ ।

म परिवारमा साइलो छोरो हो । दाजुभाइ ५ जनामा भाइ काइला पदम शिक्षक थियो ऊ मरिसक्यो । अहिले ४ भाइ छौं । मेरो गाउँमै विहे भएको हो । पहिलो श्रीमती संखुवासभा ताम्कूको हो । म काठमाण्डौंमा विएड पढ्दै गर्दा माइतमा सुत्केरी अवस्थामा टिटानस भएर उनको मृत्यु भएछ । छोरी पनि ९ महिनामा मर् यो । दोश्रो विहे धेरैपछि गरेको हो । अहिले श्रीमती गाउँमै छिन् । २ छोरा २ छोरी छन् । छोरीहरु स्नातक पढ्दैछन् । छोराहरु १२ कक्षा दिएर बसेका छन् । बाबा इन्द्रबहादुर राई र आमा छविमाया पावाली वितिसक्नु भयो ।

मैले समयमा आफ्नो पहिचान स्थापित गर्न सकिन भन्ने लागि रहन्छ । म सानैबाट साहित्यमा चासो राख्ने केही लेख्ने मान्छे । यो बेलासम्ममा आफ्नो स्पेस बनाउनु पर्ने हो । त्यो हुँदैन भइन । मसँग जुन आकांक्ष थियो त्यो पुरा गर्न सकिन । पढाइ निरातर हुन सकेन २०४६ सालमा स्नातकोत्तर गरेँ । मैले समयलाई चिनिन वा समयले मलाई छाड्यो थाहा पाइन । यसमा पक्कै मेरै कमजोरी छ ।

प्राणी जगतमा आ-आफ्नो जातिको संरक्षण गर्ने गुण हुन्छ । आफ्नो जाति माथि जाओस भन्न चाहन्छ । विज्ञानले त्यही भन्छ । मलाई पनि आफ्नो कुलुङ समुदायलाई माथि उठाउन केही गर्न तत्पर रहुनु पर्छ भन्ने लाग्छ । हाम्रो समुदायको उत्थान बिना हामीमाथि जान सक्दैनौं । नेपालका विकसित जातिहरु आफ्नो समुदायलाई सँधै वास्ता गर्दै अगाडि गएको देखिन्छ । सामाजिक काम गर्नु पर्छ स्वार्थलाई अगाडि राख्नु हुन्न । सदाचारिता मान्छेको जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो ।
भोजपुर कुलुङ गाविसको घले गाउँको चावाको नाम कुलुङ चावा हो । त्यही भएर कुलुङ नाम रहेको विश्वास गरिन्छ । पहिले तिनतामा र कुलुङलाई सानो कुलुङ भनिथ्यो । पहिले सायद कुलुङहरुले यो भुमिलाई आवाद गरेका थिए र कुलुङ नाम राखियो भन्ने मान्यता पनि छ ।

अन्त्यमा ९ कक्षामा पढ्दा आफ्नो बा-आमा अरुको जस्तै बाठा भइदिएका भए भन्ने कल्पनामा लेखेको कविताको छोटो अंश राख्न चाहन्छु । सम्झनछु अझै हामी किराती त्यही कविताकै अवस्थामा छौं ।

हाम्रा बाआमा ढुकुर
हामी ढुकुरका छोराछोरी
छाति फर्काएर शिकारीलाई देखाई दिनु पर्ने ।
हाम्रा बाआमा हुटिट्याउँ
हामी हुटिट्याउँका छोराछोरी
रातभर आकाशमा कराएर हिँड्ने ।

प्रस्तुतीः राजधन कुलुङ

Friday, August 12, 2011

कुलुङ जातिको महान चाड मिनारी दाचाम् निङदोङ चाक्चाकुर

-राजधन कुलुङ(rd_kirati@yahoo.com)

वर्षभरि खेतबारीमा लगाएको अन्नबाली किसानहरुले उठाइसके । अर्को बर्षदिन खाने अन्न ढुकुटी थन्क्याउने काम सकियो । पारुहोङ र निनाम्रिदुमको आर्शिवादले गएको वर्ष जे जस्तो भएपनि राम्रो भयो । सकुशल अन्नवाली भण्डारण गर्न सफल भएकोमा खुसी मनाउँदै पारुहोङ-निनामरिदुम र प्रकृतिलाई धन्यवाद दिएर अब आगामी वर्ष राम्रोहोस भन्दै आर्शिवाद माग्ने समय आयो ।

हो सदा जस्तै प्रकृतिपूजक किरात कुलुङहरुको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चकुर आइपुगेको छ । प्रत्येक वर्ष पुस महिनाको १५ देखि १७ गते धुम्धामकासाथ कुलुङ बस्तीहरुमा मनाइने चाक्चाकुरको तयारी कुलुङजनमा सुरु भएकोछ । कुलुङ मान्यता अनुसार पुसको पहिलो हप्ताभित्र सबै अन्नवाली उठाएर थन्क्याउने काम सकिन्छ । बर्षदिन दश नङ्ग्रा खियाएर फलाएको अन्न ढुकुटीमा भण्डारण गरिसकेपछि अन्न फलाउने भूमि वर्षभरि रोगब्याधी नलागोस र अन्नवाली राम्रो होस भनेर आर्शिवाद दिने पारुहोङ-निनामरिदुमलाई धन्यवाद दिने चलन छ । त्यसरी पुसको मध्यमा कुलुङ समुदायले चाक्चाकुर मनाउँदै आएको छ ।

चाक्चाकुरको इतिहास
कुलुङहरुको चाडको नाम मिनारी दाचाम् निङदोङ चाक्चाकुर किन राखियो  यसबारेमा थोरै चर्चा गरौं । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । त्यस्तै दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् अन्नको सह तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँवर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई चाक्चाकुरमा कुलुङहरु पुज्दछन् । यसैलाई मिनारी दाचाम् निङदोङ चाक्चाकुर भनिँदै आइएको छ । जसलाई प्राय चाक्चाकुर मात्रै पनि भन्ने गरिन्छ ।

कुलुङ मिथक अनुसार बाबु खार र आमा दुम्दुलिमलाई सोक्पाले खाएपछि छोरा खोक्चिलिप छोरीहरु लोस खेवा र चिनवा टुहुरा-टुहुरी भए । आमाबाबु विहिन भएपछि जीवन गुर्जान गाह्रो भयो । खोक्चिलिप सबैभन्दा कान्छो र केही सोझो खालको भएकोले उसलाई पाल्न गाह्रो भयो । पेटपाला गरी खाने क्रममा चेली माइती विछोडिए । समय आएपछि खोक्चिलिप जसोतसो तन्नेरी भए । उनको बेइलिमसँग विवाह भयो । विहेपछि श्रीमती बेइलिमको सल्लाह अनुसार खोक्चिलिपले खेतीपाती र बसोबासको सभ्यता सुरुवात गरे । एकदिन बेइलिमले आफ्ना श्रीमानलाई चेलीहरु खोजेर ल्याउन अनुरोध गरिन् । खोक्चिलिपले दिदीहरुलाई उनीहरुको देशबाट खोजेर ल्याए । मर् यो होला भनेर माया मारिसकेको भाइ जीवित भएको र उसले गरेको प्रगति देखेर दिदीहरु खुसीले रमाए । नाचगान गरे । आपसमा खुसी साटासाट गरे । भाइबुहारीलाई आर्शिवाद दिए । उनै आदिम कुलुङ पूर्खा खोक्चिलिपको पालादेखि चाक्चाकुरको सुरुवात भएको विश्वास गरिन्छ ।

अर्को किम्बदन्ती अनुसार किरात कुलुङ जातिका पूर्खाहरु शिकारी थिए । शिकारी युगबाट उनीहरु कृषिमा प्रवेश गरेपछि बर्षभरि खेतबारीमा रोपेको अन्न भण्डारण सकाएर रमाइलो गर्ने क्रममा चाक्चाकुर सुरु भएको हो । कुलुङ पूर्खाहरुले पाखुरीको बलमा उब्जाएको अन्न पुसको मध्यान्तअघि ढुकुटीमा भण्डारण गरिसक्थे । पुस १५ गतेको ढुकुटीमा राखिएको पहिलो पटक केही अन्न झिकेर कुलदेवतालाई चढाउँथे । प्रकृति पूजक उनीहरुले आफ्नो पितृ पारुहोङ र फलाउने प्रकृतिलाई चढाएपछि रमाइलो गरेर आफ्नो शिर उठाउँथे । शिकार खेलेर मारेको मासुसँग घरमा बनाएको जाँड-भात खाँदै रमाइलो गर्थे । आउने साल अन्नपानीको सह राम्रो होस् सबैको आयु बढोस् रोग नलागोस भन्दै शुभकामना आदान-प्रदान गरेर नाचगान तथा रमाइलो गर्दथे ।

पूर्खाले सभ्यताको सुरुवातसँगै सृजना गरेको चाक्चाकुरलाई अहिले कुलुङहरु आपसमा खुसी र शुभकामना साटासाट गर्दै मनाउने गर्दछन् । यो चाड मान्छेले आफुलाई पाल्ने प्रकृति तथा सभ्यता सिकाउने पूर्खाहरुप्रति दर्शाइएको श्रद्धा र सम्मानको प्रतीक हो । किरातहरु प्रकृति र पूर्खालाई भगवान मान्दछन् । प्रकृति र पूर्खा विहिन अस्तित्वको कल्पाना गर्न सक्दैनन् ।

किन पुस १५ बाट चाक्चाकुर मनाइन्छ ?
वर्षभर लगाइएको खेतीपाती पुस लाग्दा उठाइ सकिएको हुन्छ । किसान फुस्रदिला हुन्छन भने पुस १५ बाट सूर्य दक्षिणी अक्षांशबाट उत्तरीतिर सर्ने भएकोले दिन लामो तथा रात छोटो हुँदै जान्छ । चिसो घटेर पृथ्वीमा तापक्रम बढ्न थालेपछि अघिल्लो वर्ष सकिएको र नयाँ वर्ष सुरु भएको कुलुङहरु मान्दछन् । कुलुङहरुको पुस १५ नयाँ वर्षको दिन हो । यसै दिनदेखि कुलुङ समाजमा अर्को वर्ष के के गर्ने  के कस्तो खेतीपाती लगाउने  भनेर योजना बनाउन सुरु गरिन्छ । यिनै कारणहरुलाई ध्यानमा राखेर कुलुङ समुदायमा पुस १५ गते चाक्चाकुर मनाउने गरिएको हो ।

पुस १५ गतेबाट नाम्आइवासूर्य उत्तरतिर आउनु हुने भएकोले माघ महिना नलागुन्जेल कुखुरा हाँस परेवा तथा पंक्षीजन्य वस्तुहरुलाई बच्चा कोरल्न नलगाउने चलन छ । यदि त्यो समयमा बच्चा कोरले नबाँच्ने विश्वास गरिन्छ । अन्य वस्तुमासमेत नाम्आइवा हुने कुलुङ समुदायको मान्यता छ ।

चाक्चाकुर मनाउने तरिका
तीनदिन लगातार मनाइने मिनारी दाचाम् निङदोङ चाक्चाकुरको पहिलो दिन अर्थात नयाँ वर्षमा औपचारिक कार्यक्रमहरु गरेर शुभकामना आदान-प्रदान गर्ने पिकनिक जाने नयाँ योजनाहरु बनाउने खेलकुद साँस्कृतिक कार्यक्रम आदि गर्ने गरिन्छ । दोश्रो दिन चासुम्अन्न तथा धनसम्पत्तीको सहको नाममा पितृपूजा गर्ने अन्नवालीको सह माग्ने घरघरमा विभिन्न कुलुङ परिकार बनाएर खाने अनि रमाइलो गर्ने गरिन्छ । तेस्रो दिन आफन्तहरुको भेटघाट टीकाटालो गर्ने परिवार तथा आफन्तजनका ज्येष्ठ सदस्यबाट आर्शिवाद ग्रहन गर्ने गरिन्छ । त्यस्तै औपचारिक कार्यक्रमहरुको समापन गर्ने गरिन्छ । चाक्चाकुरको अवसर पारेर कुलुङ बस्तीहरुमा ३/४ दिनको मेला पनि लाग्ने गरेको पाइन्छ ।

कुलुङ जातिको परम्परागत चाड चाक्चाकुर नेपाल एकीकरणपछि हिन्दू अधिपत्यका कारण मनाउन कम हुँदै गएको देखिन्छ । गोरु काट्न प्रतिबन्ध लागेसँगै कुलुङ बस्तीमा चाक्चाकुरको रौनक घट्न गयो । कुलुङहरु चाडका अवसरमा गोरुको मासु पितृहरुलाई चढाउँथे । गोरु कट्न प्रतिबन्ध र अनिवार्य दशैं मनाउने सरकारी उर्दिपछि चाक्चाकुर करिब करिब किम्बदन्ती बनेको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि यसको खोजी सुरु भएको हो । कुलुङ पूर्खाहरुको अगुवाइमा चाक्चाकुर मनाउने चलन गाउँघरमा सुरु भयो । यद्यपि औपचारिक रुपमा भने कुलुङहरुको जातीय संस्था नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट चाक्चाकुर सबैतिर मनाउन थालिएको हो ।

कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखूम्बू भोजपुर संखुवासभा सुनसरी मोरङ झापा इलाम धनकुटा तेह्रथुम र काठमाण्डौं उपत्यकामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम पश्चिम बंगाल आसाम नागाल्याण्ड अरुणााचल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । चाक्चाकुरको अवसरमा प्रत्येक कुलुङ परिवारको घरमा मासु भात ढिँडो वाचिप्पा जाँड-र_िक्स तोङ्बा फलफुल लगायतका परिकार परिवार र समुदायका सदस्यहरु बसेर सामुहिक रुपमा खाने चलन छ ।

नेपाल बहुजाति बहुभाषी बहुधार्मिक एवं बहुसाँस्कृतिक देश हो । यहाँका हरेक जाति/समुदायसँग आफ्नो मौलिक चाडपर्व र प्रथा परम्पराहरु छन् । तिनीहरु सबैलाई समान महत्व र मान्यता दिनु लोकतान्त्रिक राज्यको कर्तव्य हो । कुलुङ जातिको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चाकुरलाई राज्यले एउटा छुट्टै चाडको रुपमा मान्यता दिनु आवश्यक छ ।

मिन्चायान्

-आरडी कुलुङ
युपा छुक्तो खात्लो 
सानिवा आम्मिमा सिये
ओ गोलुङ आम्मीपा पेरबाने ।

मिनोओ ःओ चउलुम आना खाईलेतु
ओ मुक्स्पी आन्ङाङ तुचाए
गुगुरगोपा ओहल्लाछा तुवोना आम्साम् मपो
हुआ उसोङ छिप्पोनोलो सानिवा देई चाइसे ।

मुक्स हलोना गुगुरगोपाङ खोयान्
मिन्चायान्
ओ दोक्पी छिम्यान्नो
मिक्वा देई हुप्से ।

दोक्पी छिम्यान्नोना सानिवा तुक्लो मिनो
हनान् आना कोङ हो_िक्सयो
कास हाल्लोसो तुप्चीनो
ओ चउलुम खुस्ना आन् हापीहापी खालेता ।

खोरोसो ओ सानिवाःक आनङा लाम्चाए
ओ मुक्साआ आम् लामङाङ खोङ्चय । 
ओन्तोरो सानिवा पीःलम्पाना
चउलुम्् बाइम्पाना
आन् दानाई 
ओप्का मेक्सा छु दुर
कोङ् मान्यु दुर ?

मिन्तोबायोलो
आन्ने ओ सोम्ये छुवाखात्क तुवे
चउलुमये छुवाखात्क तुवे
सोम् मान्दीक सम्
चउलुम मान्दीक गाम्
दानाई छुवे ?

गाम्पाका सोम्ने सियेकलेइये लत्ते
चउलुम मान्दिक सोम्छा छुदुरनो
खोरो दानाइ कास् मान्यु लइची ?
होन्यी लइची ?

हनान् आन्मान्दी तु दुरोनो
आना हो_िक्सयोक लेइ
कोङ अ चारपोतेल्पी छुवोनो ।

कुलुङ जातिको निर्माण यसरी भएको हो

कुलुङ जातिको निर्माण यसरी भएको हो 
कुलुङ नेपालको विकासोन्मुख एक आदिवासी समुदाय हो । विगत १० वर्षदेखि जातीय स्वपहिचान र सूचिकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । कुलुङ जातिकै अगुवाइमा भएको आन्दोलनले आदिवासी जनजाति सूचिपरिमार्जन उच्चस्तरीय कार्य दल गठन भइ थप २२ सहित ८१ समूहलाई आविासीमा सूचिकृत गर्न त्यसले सरकारलाई सिफारिस गरी सकेको छ । यही बेला कुलुङ समुदाय भित्रकै केहीले आफूलाई अलग देखाउने प्रयास गरी रहेका छन् । यही सन्दर्भमा कुलुङ जाति को हुन् र यसको आधारहरु के छन्  भन्ने विषयमा यहाँ छोटो चर्चा गरिएको छ ।

१. कुलुङ जाति उत्पतिको किम्बदन्ती
मिनापोङ्खो हाल्कुम्बुमा विकासित भएको आदिम किरात सभ्यता विकास र विस्तार हुने क्रममा चार पूर्खाहरु महाकुलुङ होङ्गु उपत्यका शिकार खेल्दै आइपुगे । शिकार खेल्दै आएका उनीहरु कालान्तरमा यही बस्न पुगे । तिनै चार पुख्ार्ा र उनीहरुका दर सन्तानले होङ्गु उपत्यकामा साझा सभ्याता र सँस्कृतिको निर्माण गरे । जसले कुलुङ सभ्यता कुलुङ भाषा र कुलुङ सँस्कृति भनेर पहिचान पायो । उनै चार पर्खाहरु छेम्सी ताम्सी खप्दुलु र राताप्खुका सन्तानहरु सझा भाषा-सँस्कृति र इतिहासले कुलुङ जाति बनायो ।

२. जातिको निर्माण कसरी ? 
सामान्यतः संसारमा जातिको निर्माण सँस्कृति र भूमिको आधारमा हुने गर्दछ । एउटा निश्चित भूगोलमा बस्नेहरुले साझा संँस्कृतिको निर्माण गरेका हुन्छन् र त्यसलाई अन्यले पछ्याउँछ । एउटै सँस्कृति हुनेहरुबीच भाषाले अपनत्व वा हामी भन्ने भावनाको सृजना गर्छ । समाज एउटा सुत्रमा बाँध्ने काम भाषाले गरेको हुन्छ । एउटै नश्लका मानिसहरु पनि फरक सँस्कृति फरक भूगोल फरक भाषा र मनोविज्ञानले अलग जातिको पहिचान बनाएको पाइन्छ । जाति निर्माणमा नश्लको नभइ सँस्कृति र भाषाको भूमिका महत्वपूर्ण हुन्छ ।

नेपालमा नेवार समुदायलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । दर्जनौ नश्लका मानिसहरु नेपाल उपत्यकामा प्रवेशपछि नेवारी सँस्कृतिलाई स्वीकार गरे नेवारी भाषा बोले । अहिले एउटै नेवार जातिको रुपमा साझा भाषा र सँस्कृतिले उनीहरुलाई एउटा मालामा उन्यो । नेवारी भाषा बोलेको र नेवारी सँस्कृति अंगालेकै आधारमा उनीहरु नेवार जाति भए र त्यसमा गौरव गर्छन् । अर्को एउटै नश्लका भएपनि धर्मका कारण तामाङ र गुरुङहरुले किरात भन्दा अलग जातीय पहिचान बनाएका छन् । नेपाल लगायत दक्षिण एशियामा यसको दर्जनौ उदाहरण मानवशास्त्रीय अध्ययनमा देख्न सकिन्छ ।
जातिको परिभाषाः कसैले आफूलाई अलग जातिको रुपमा दावी गरीरहँदा केलाई जाति भनिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ । सामान्यतः जाति राष्ट्रियताको आधारमा छुट्टिने मनुष्यको एक इकाइ भौगालिक आधारमा अलग मानिसहरुको एक इकाइ संस्कार वा धर्म अनुसार छुट्टिने मानव शाखा शारीरिक बनोट, गुण वा आकारप्रकारबाट छुट्टिने एक जीव वा निर्जीव वस्तुको इकाइ नै जाति हो ।

३. आदवासी जाति हुने आधारहरु
कुलुङ समुदायले विगत एकदशक पहिलेदेखि आफूलाई अलग आदिवासी जातिका रुपमा दावी गर्दै आएको छ । कुलुङ समुदायकै अगुवाइमा आदिवासी सूचिकरण अभियानले एउटा उचाइ पायो । आदिवासी जनजाति सूचि परिमार्ज्रन उच्चस्तरीय कार्यदल बनाउन सरकार गठन गर्न बाध्य भयो । कार्यदलले आफ्नो प्रतिवेदनमा पहिलेको सूचिलाई केही परिमार्जन गर्दै थप नयाँ आदिवासी जातिको सिफारिससमेत गरी सकेको छ । थपिएको सूचिमा कुलुङ परेको छ । कुलुङ आदिवासी जातिमा सूचिकरणका लागि सिफारिस भएपछि दाबी सही भएको पुष्टि भइसकेको छ । संसारमा आदिवासी जाति बन्नका लागि केही निश्चित आधारहरु हुन्छन् । समाजशास्त्री/मानवशास्त्री र भाषाशास्त्रीहरु तथा अन्तराष्ट्रिय महासन्धि र घोषणा-पत्रले आदिवासी जाति हुने आधारका रुपमा छुट्टै भाषा छुट्टै सँस्कृति लिखित वा अलिखित इतिहास छुट्टै आदिभूमि हामी भन्ने भावनालाई मानेका छन् । कुलुङ समुदायसँग उल्लेखित सम्पूर्ण आधार र प्रमाणहरु रहेको छन् । छेम्सी ताम्सी पिल्मो सोत्तो र नाम्लुको साझा भाषा सँस्कृति मौखिक इतिहास महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको छ ।

३. कुलुङ जातिको निर्माण
एउटै नश्लका चारजना पूर्खाहरु हुङ्गु उपत्यका प्रवेश गरेका थिए । छेम्सी ताम्सी खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरु कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । पहिले आएको छेम्सीले निर्माण गरेकै सँस्कृतिलाई अन्य दाजुभाइले स्वीकार गरेर बसे । जसलाई उनीहरुबीच सामुहिकता जनाउन कुलु रिङ-रिदुम नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । जसले सामुहिकतालाई जनाउँछ जुन साझा सँस्कृति र सभ्यता पनि हो । यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ जाति भनेर चिनिए ।

मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी सुरुमा हुलुमा आएर बसे । पछि शिकार खेल्ने क्रममा वर्तमान छेस्काम गाविसको छेम्सीसम्म पुगे । धेरै शिकार पाइने भएकोले छेम्सी अधिकांश त्यतै बस्न थाले । त्यो कुरा पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरुलाई मन परेन र उनीहरुले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले । रुपिहाङ्छाहरुको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपिहाङ्छाहरुलाई पराजित गरेर महाकुलुङ उपत्येकामा अधिपत्य जमाएका थिए । युद्ध सघाएको पुरस्कार स्वरुप छेम्सीले ताम्सीलाई बर्तमान छेस्काममा भूमि दिएर बसाए । (चार्लस मेकडुगल द कुलुङ राई अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज पेज १८)
मानवशास्त्री चाल्स्र मेकडुगलले छेम्सी ताम्सी पिल्मो सोत्तो र नाम्लु कुलुङ जातिका उप-जातिहरु हुन् भनेर ठोकुवा गरेका छन् । मेकडुगलका अनुसार हुङ्गु उपत्येका र वरिपरिको क्षेत्र समावेशित भू-भाग कुलुङ आदिवासी जातिको किपट हो- जसलाई महाकुलुङविस्तारित कुलुङ भुमि भनेर चिनिन्छ । चार्लस मेकडुगल द कुलुङ राई अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज पेज १९)

४. छेम्सी ताम्सी पिल्मो सोत्तो एउटै कुलुङ जाति हुनुको आधारहरु
अहिले इतिहासको गलत व्याख्या गर्दै कुलुङ जातिलाई फुटाउने प्रयास भइरहँदा छेम्सी ताम्सी पिल्मो सोत्तो कसरी एकै जाति हुन् भन्ने विषयलाई्र गहिरो गरी हेर्नु आवश्यक छ । अगाडि भनिसकिएको छ एउटा स्वाधिन जाति बन्नलाई त्यो समुदायसँग छुट्टै साझा भाषा छुट्टै साझा सँस्कृति साझा लिखित वा अलिखित इतिहास छुट्टै साझा आदिभूमि र हामी भन्ने भावना आवश्यक छ ।

हामीबीचमा एउटै जाति हुनु पर्ने सबै किसिमका सामुहिकताहरु छन् । हामीहरुबीचमा सामुहिक भाषा ुकुलुङु छ । सामुहिक संस्कृति छ । जन्मदेखि मृत्युसम्मको संस्कार तथा संस्कृतिहरु चाडपर्वहरु भेषभूषा साझा छ । सबै संस्कार गराउने मोप सातिपुस नोक्छो आदि सामुहिक छ । साझा मौखिक इतिहास छ । हामी विकसित भएको भूगोल हुङ्गु उपत्यका साझा छ । महाकुलुङ छेम्सी कुलु  ताम्सी कुलु पेल्मो कुलु  सोत्तो कुलु  पावै कुलु सबैको साझा ऐतिहासिक भूमि हो । कुलुङ जातिकै नामबाट महाकुलुङ कुलुङ जस्ता ठाउँहरुको नाम रहन गएको पाइन्छ । हामीमा भन्ने भावना छ । संस्कार संस्कृति चाल चलन जीवन शैली समान छ । छेम्सी ताम्सी पेल्मो सोत्तो सबै एक दाजुभाइ भएको हुनाको नेपाल एकिकरणपछि ुमहाकुलुङु किपट प्रदान राज्यले गरेको थियो ।

वंशवलीकै आधारमा भन्ने हो भने छेम्सी ताम्सी पेल्मो नाचिरी आदि हाम्रा पुर्खाका नामहरु थिए । संसारमा एउटै पूर्खाको नामबाट जातिको निर्माण भएको इतिहास पाइन्न । जाति निर्माणमा सँस्कृतिको मूख्य भुमिका हुन्छ । किनभने कोही व्यक्तिको सनकमा एकैपटक सँस्कृतिको निर्माण सम्भव छैन । एउटा पूर्खाको नामबाट जाति विभाजन गर्ने हो भने त्यो भन्दा दुर्भाग्य केही हुन्न ।

५. कुलुङ संघ निर्माको इतिहास
कुलुङ समुदायमा जातीय पहिचानको खोजी धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ । तिलकशंकर सोम्फोरु कृष्णबहादुर गान्खू लगायतका मानिसहरुको भुमिका महत्वपूर्ण छ । अन्य व्यक्तिहरुले पनि यसमा चासो राखेका थिए । संगठित रुपमा पहिलो कुलुङ जातिको ऐतिहासिक भेला २०४९ पौषमा सम्पन्न भएको थियो । त्यही भेलाले कुलुङ जातिलाई पहिलो पटक संगठित स्वरुप प्रदान गर् यो । त्यही भेलाले नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ स्थापना गर् यो ।

पछि काठमाण्डौंमा हुने कुलुङ समुदायका केही व्यक्तिहरुले कुलुङ राई भाषा सँस्कृति उत्थान संघ काठमाण्डौं गठन गर् यो । कुलुङ जातिलाई पहिचान दिलाउने क्रममा त्यसको महत्वपूर्ण योगदान रह्यो । कुलुङ वंशवली २०५४ सालमा सोही संस्थाले गरेको थियो । त्यो वास्तवमै कोशेढुंगा थियो । कुलुङ भाषा सँस्कृति उत्थान संघको संस्थापक महासचिव भूपध्वज थोमरोस कुलुङ थिए । उनकै नेतृत्वमा २०५५ सालसम्म कुलुङ संघ साचालन भएको थियो र वंशवली प्रकाशनको नेतृत्व उनीबाटै भएको थियो ।

छेम्सी ताम्सी पिल्मो सोत्तो नाम्लु समूहका सवै कुलुङहरु मिलेर कुलुङ संघ ुनेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघु स्थापना भएको थियो । कुलुङ संघको दस्तावेजहरु अध्ययन गर्दा अधिकांश नेतृत्व पिल्मो र सोत्तोहरुबाटै हुँदै आएको देखिन्छ । छेम्सी ताम्सी पिल्मो/दिस्मी नास्मी/नाचिरी आदिका सन्तानहरु कुलुङ भएकै कारण उनीहरुको भाषा संस्कृति वंशावली रहनसहन साझा छ । उनीहरुमा सामुहिकता छ । यसै अनुरुप यी दाजुभाइहरु मिलेर कुलुङ संघ ुनेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघु को स्थापना गरिएको हो । वर्तमान कुलुङ संघको प्रमुख नेतृत्वमा पिल्मो र सोत्तो समुदायबाट सम्हाल्ने काम भइरहेको छ ।
तर केही व्यक्तिहरु अध्ययन कमी र इतिहास नवुझेकावाट समय समयमा भ्रम सृजना गर्ने गरेको पाइन्छ । यसले हाम्रो सोझा सिधा दाजुभाइ दिदीवहिनीहरुमा अन्योलता छाएको छ । विभिन्न क्षेत्र विदेशवाट पनि प्रश्न उठीरहेको छ । यस किसिमको भ्रमवाट मुक्त भै हाम्रो पहिचान र परंपरागत सामुहिकतालाई वलियो वनाउन सवै कुलुङ समुदायको कर्तव्य हो ।

६. पिल्मोहरु किन कुलुङ नै हुन्
पिल्मोहरु अन्यत्र जातिको रुपमा विकसित भएर आएका समूह होइनन् । कुलुङ सभ्यताकै रुपमा छेम्सी ताम्सीसँगै पिल्मो विकास भएको हो । राताप्खु र खप्दुलुहरु महाकुलुङ प्रवेश गर्दा नाछिरिङ भन्ने कुनै जातिको विकास भएको थिएन । नाछिरिङ जाति हो भने त्यसअघि कतै अलग सभ्यताको रुपमा विकसित भएर आएको देखिनु पर्ने हो । खास गरेर राताप्खु र खप्दुलु घुमन्ते शिकारीको रुपमा जंगली युगमा सभ्यताको विकास हुनुअघि हुङ्गु उपत्येका आएका हुन् । उनीहरुले छेम्सीले विकास गरेको भाषा सभ्यता र सँस्कार सिकेर स्थायी बसोबास गरेको देखिन्छ । पछि छेम्सी ताम्सी खप्दुलु राताप्खु सबै मिलेर साझा कुलुङ सभ्यताको विकास गरे । कुलुङ सभ्यताबाट कुलुङ जातिको विकास भएको हो । सोत्तोको पनि कुनै अलग पहिचान पाउन सक्ने इतिहास छैन ।

पिल्मोभित्रको मोरोमुलको कथाः
मोरोमुललाई पिल्मो समूहको पाछाका रुपमा कुलुङ वंशवलीमा समावेश छ । मोरोमुलको कथा यस्तो रहेको छ । धेरै वर्ष पहिले सोलुखुम्बूको जुभिङ गाउँबाट एकजना खालिङ युवा बरालिँदै पिल्मो गाउ आइपुगे । उनी पिल्मोमा नै बस्न थाले । तिमी को हौ  भनेर सोध्दा कुलुङ भाषामा ुमोरोङ मोरोङु मात्रै भन्थे । पछि पिल्मोकै …… पाछाकी युवतीसँग विवाह गरेर त्यही बसोबास गरेछन् । पिल्मो गाउमाँ बसोबास गरेपछि उसलाई पनि कुलमा राख्नु पर्ने भयो । कुलुङ परम्परा अनुसार कुल संस्कारमा राख्न द_िप्स्नङ राख्नु पर्ने हुन्छ । द_िप्स्नङ दिने कार्यक्रममा उस्ले राँगा काटेर ठूलो भोज लगाए । पुर्खा सम्मेलनमा उस्लाई ुजुन्जुलु कुरिक्सा निङ्वारी लोरिसाु द_िप्स्नङ दिइयो । जुभिङबाट आएको र भोज लगाई द_िप्स्नङ राखेकाले नाम प्रचलित भएको अर्थमा उक्त द_िप्स्नङ दिइएको थियो । यसले पनि देखाउँछ जातिको निर्माण् कसरी हुन्छ भनेर ।

७. जातीय विभाजन वा खण्डिकरणका दुस्परिणामहरु अहिले कुलुङबाट नाछिरिङ बन्ने प्रकृया पहचिानको खोजी नभइ जातीय अन्तरध्वंस हो । पहिचानको खोजी भएको पहिचानलाई मेटेर नभएको काल्पनिक चीज अंगाल्दै अन्तरध्वंसमा जानु कदापि होइन । आफ्ना आदिम पूर्खाहरुले निर्माण गरेरको भाषा-सँस्कृतिलाई त्याग्दै कसैले आवेगात्मक निर्णय गरे भोलिको सन्ततीले सराप्ने छ । अहिले लहडका भरमा कोही कुलुङबाट नाछिरिङ बने त्यसले भविश्यमा आपसी द्धवेस उत्पन्न हुने पक्का छ । नाछिरिङ बन्नेहरु सँस्कार विहिन ुकुसुण्डाु त बन्ने नै छन् भाषाको लँडाइ हुने दिन आउनेछ । इतिहासको विरासत नबुझ्दा हामी जंगली अवस्थामा फर्कने दिन आउने अवस्था बन्छ । संसारमा भाषाको कारण धेरै युद्धहरु भएका छन् । बंगलादेश तमिलनाडु गोर्खाल्याण्ड श्रीुङ्कन गृहयुद्ध आदि दर्जनौ यसका उदाहरण छन् । अहिले देखा परेको विभाजनको भोलीको दृष्य दाजुभाइ र छिमेकीबीच काटाकाट हो । हामी कुलुङ समुदायका अगुवाहरुले खोजेको भोली त्यो दुर्दान्त दिन होइन ।
दश वर्षबढीको पहिचानको लँडाइबाट हामी कुलुङहरु एउटा सार्वभौम अलग आदिवासीको रुपमा मान्यता पाउने अवस्थामा पुगेका छौं । यो बेला इतिहासले विभाजनको होइन थप एकता र सशक्तताको जिम्मेवारी हामीलाई दिएको छ । अहिलेको यो स्वर्णिम अवसरलाई नचिन्ने हो भने हामी फेरी दुर्भाग्यको गर्तमा फस्ने पक्का छ । नाछिरिङ भन्नेहरुले आफुलाई पहिचान दिलाउन त सक्ने छैनन् नै कुलुङलाई पनि डुबाउने छन् । सचेत कुलुङ पूर्खाहरु जोसमा होइन होसमा आएर जातीय एकतामा जुट्नु जरुरी छ । भएको हातखुट्टा काटेर आफैँ अपाङ्ग बन्नमा तर्फ कोही लाग्ने छैनौं ।

८. बंशवलीको आलोचना ड्डछेम्सी र राताप्खुले मामा-भााजा साइनो लगाए- जबकी उनीहरु बंशवली अनुसार नै चार पूस्ताभित्रका दाजुभाइ थिए । ड्डखुवोलुङबराहक्षेत्र  यो मिथक किराँत इतिहाससँग छेउटुप्पो मिल्दैन । जबकी किरात सभ्यताको विकास ब्रहम्पुत्र नदीको मैदान-कामरुपमिनापोङ्खो-हाल्कुम्बूमा भएको थियो । पछि गंगाको उत्तरी मैदान हुँदै सिन्धुघाँटीसम्म पुगेको थियो । किरातीहरु शिकार खेल्नेक्रममा पहिल्यै हिमालय पर्वततिर आउने गर्दथे । पहाडी क्षेत्रमा बाक्लो बसोबास भने गंगाको मैदानमा आर्यहरुको अतिक्रमण बढ्दै गएपछि भएको हो । आदिम किरात पूर्खा खम्बुहोङ बराह क्षेत्रमा थिएनन्।
ड्डकुलुङ पूर्खा महाकुलुङ प्रवेश हुँदा आफैँबीचमा विहेबारी हुने चलन अन्त्य भइसकेको थियो । जबकी खम्बुहोङको पालामा आफ्नै परिवारको चेली विहे गर्ने चलन थियो । खम्बुहोङ कम्तिमा ३० हजार वर्ष पहिलेका पूर्खा थिए । यहाँ आउने कुलुङ पूर्खाहरु खम्बूहोङ नातीहरु थिएनन् । धेरैपछिका दर सन्तानहरु थिए । किन भने त्यो बेलासम्म सभ्यताको पूर्ण विकास नभएपनि आफ्नो परिवार भन्दा बाहिर विहे गर्ने चलन सुरु भइसकेको थियो । त्यसलाई मिथकले पनि स्वीकार गरेको छ । कुलुङ पूर्खाहरु थुलुङ साम्पाङ या खालिङ मात्रै विहे गर्दथे ।

ड्डयलम्बर अगाडि कि खम्बुहोङ  बंशवली बोल्दैन । पक्कै खम्बुहोङ अगाडिका हुन् । तर उनको वा उनको कुन दाजुभाइको दर सन्तान यलम्बर भए त  खासमा पहिले साँघु र पुलहरु नहुने भएकाले सोझै सप्तकोशी तर्ने सम्भावना थिएन । नदीको साँघुरो ठाउँ खोज्दै साँघु थापेर वारिपारि तर्दै तराईबाट पहाडमा प्रवेश गरेका थिए । खुवोलुङ बराह क्षेत्र नै हो भनेर दाबी गर्न सकिने कुनै आधार छैन । बराहक्षेत्रलाई खुवोलुङ भनिदिँदा किरात इतिहास साँघुर् याउने मुर्खतापूर्ण अपराध बाहेक केही हुन्न ।

ड्डखासमा किरातीहरु पूर्वबाटै उपत्यका प्रवेश गरेर राज्य गरेको थिए । पछि युद्धमा हारेपछि पूर्वतिरै फर्किए र सुनकोशी पूर्वको पहाडी क्षेत्रमा सदासदालाई बसे र पूर्खाको विरासतलाई निरन्तरता दिए ।
ड्डबंशवलीमा छोराहरुको नाम अनुसार थर भएको लेखिएको छ । कुलुङ परम्पराअनुसार ७ पुस्तामा हाडफोड्न मिल्ने भएकोले एउटै वंशजमा विहेबारीपछि मात्रै थरपाछा फेर्ने चलन छ । सेभेजरी बारबर र सिभिलाईजेसनको चरित्र मिलाएर राख्ने । त्यसो भएको हुनाले छोराहरुको नामनै थर राखिएको सत्य होइन । छेम्सीका सन्तानहरु धेरै समय त्यही मात्रै भएर रहे । ताम्सी खप्दुलु राताप्खुको पनि त्यही भयो । बाटोघाटोको असुविधा र फरक समुदायबीचको बेमेलका कारण पछि हुङ्गु उपत्येकामा रहेका चार कुलुङ पूर्खाका सन्तानहरुले आपसमानै विवाह गर्ने निर्णय गरे । हाडफोडियो र फरक-फरक दप्स्नीङ र पाछा दिन थालियो । अद्यपि कुलुङ समाजमा त्यही चलन छ । उदाहरणको लागि तोमोछाबाट हाडफोडेर मोरोखु नामाकरण गरियो । मोरोखुका तीन छोराहरु गोत्ती छतिङ्खो र बाच्छो भए । उनीहरुको नाम फरक फरक भएपनि त्यो पाछा भएन एउटा बंशगोङ मात्रै भयो । अहिले समग्रमा सबैले मोरोखु नै भन्दै आएका छन् । गोत्ती र छतिङ्खोमा केही हाडफोडिएको भएपनि मुइकुमले मोरोखु नै भन्दै आएकाछन् ।

९. अबको हाम्रो बाटो र युवा दायित्व अहिले हामी इतिहासको एउटा कठीन घडिमा छौं । हजारौं वर्षको प्रयासबाट निर्माण भएको कुलुङ जातिको इतिहास र गौरवलाई उँचो बनाउने हामी सबैको दायित्व हो । मानवशास्त्रीय/समाजशास्त्रीय तथा भाषाशास्त्रीय अध्ययन -अनुसन्धानले कुलुङहरु छुट्टै पहिचान भएका सार्वभौम आदिवासी जातिहरु हुन भन्ने प्रमाणित गरी सकेको छ । यस अवस्था हामीले विभाजनको विषाक्त रेखाहरु कोरेर विनासको बाटो रोज्नु बुद्धिमानी हुन सक्दैन । कुलुङ समुदायका बुद्धिजीवि महिला युवा सबै जातीय एकतामा लाग्नुको विकल्प छैन । हामीसँग धेरै समय उपलब्ध छैन । अलमलमा पर्नु हुँदै हुन्न । 

Monday, August 8, 2011

विश्व आदिवासी दिवस र नयाँ संविधान

                                                                                -राजधन कुलुङ
अगष्ट ९ तारिख नजिकिँदै जाँदा विश्व भरिका आदिवासीहरुको सकृयता बढिरहेको हुन्छ । यो निरातरको पहिचान र अधिकारको आवाजलाई विश्वभरिका आदिवासीहरुले एकै पटक बुलन्द गर्ने दिन हो । अर्थात विश्व आदिवासी दिवस । अगष्ट ९ का दिन संसार भरिका आदिवासीहरुले राज्यलाई आफ्नो अधिकारको प्रत्यूाभूत गर्न एकै पटक दबाव दिईरहेका हुन्छन् । सबैतिर अधिकारको वकालत गरिने अगष्ट ९ संसारका आदिवासीहरुका लागि उत्सवको दिन हो । यो पल्ट पनि अगष्ट ९ आइपुगेको छ । यस सन्दर्भमा केही चर्चा र बहस गर्नु आवश्यक छ । 

आदिवासीहरु विशिष्ट जीवन पद्धति र अलग परम्परामा बाँचेका समुदायहरु हुन् । प्रकृति निकट त्यही फरक परम्परा र जीवन पद्धति नै उनीहरुको पहिचान हो । अहिलेसम्मको इतिहासले देखाएको छ फरक पहिचानमा बाँचेका आदिवासीहरुलाई मुलधारका जाति वा राज्यले उत्पीडनमा पार्दै आएको छ । यो आरोप नभएर मानव इतिहासले बताएको सत्य हो । जसलाई अन्तराष्ट्रिय श्रम संगठन महासन्धि र संयुक्त राष्ट्रसंघले घोषणा-पत्रले पनि स्वीकार गरेको छ । जाति विलयीकरणसँग मुकाबिला गर्दै आदिवासीहरुले आफ्नो विरासतलाई जोगाउँदै ल्याएका हुन् ।

शताब्दीयौं वर्ष सत्ता शक्ति र प्रपाचको भरमा आदिवासीहरुलाई शोषण गरियो । कि्रश्चियन बाहुल्य युरोप र उत्तरी अमेरिका तथा इस्लामिक विश्वमा आदिवासीहरुलाई पूर्णरुपमा लोप वा छिन्नभिन्न पारिएका छन् । युरोपियनहरुले जाति हत्या गरेरै अमेरिकाको आदिवासी रेड इण्डियन सभ्यतालाई सखाप परे । अहिले रेड इण्डियनहरु संग्राहलयमा संरक्षण गर्नु पर्ने अवस्थामा पुगेका छन् । मुसमानी साँस्कृितक आक्रमणले मध्य एसिया र उत्तर अफि्रकाका आदिवासी मासिए । पाकिस्तान र आफगानिस्तानमा रहेका थोरै आदिवासीहरु पनि मुसलमानी छायाँमा हराउन लागेका छन् । दक्षिण एसियाको इतिहास त्यसबाट अछुतो छैन । करिब डेढ सहस्राप्दी हिन्दू र मुसलमान अतिक्रमणले आदिवासीहरुलाई पिरोलेका इतिहास जिउँदो छ ।

शोषित र अवसरबाट बिाचतहरुले अधिकारको लँडाइ लड्नु स्वभाविक हो । युगौंको उत्पीडन सहेका आदिवासीहरुले त्यस विरुद्ध आवाज उठाइ रहे । त्यही अधिकारको लँडाइलाई मान्यता दिँदै संयुक्त राष्ट्र संघले अगष्ट ९ लाई पहिलो पटक सन् १९९३ मा विश्व आदिवासी दिवसको रुपमा घोषणा गरे थियो । त्यसयता संसारको ७० देशका ५ हजार समुदायका ३० करोडबढी आदिवासीहरुले उक्त दिनलाई विश्व आदिवासी दिवसका रुपमा मनाउँदै आएका छन् । यस बीचमा संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गर् यो । १९९३ कै जुनमा अष्ट्रियाको भियानामा सम्पन्न मानवअधिकार सम्बन्धि विश्व सम्मेलनको घोषणा-पत्रको माग बमोजिम संयुक्त राष्ट्र संघ साधारण-सभाले १९९५ देखि २००४ सम्मलाई आदिवासी दशक घोषणा गरेको थियो ।

वास्तवमा ७ जुलाई १९८९ मा जेनेभामा सम्पन्न अन्तराष्ट्रिय श्रम संगठनआइएलओको ७६ औं अधिवेशनले आदिवासी जनजाति महासन्धि नं। १६९ अनुमोदन गरेपछि आदिवासी/जनजातिहरुलाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा परिवर्तन भएको देखिन्छ । यो आदिवासीे अधिकारसम्बन्धि सबैभन्दा महत्वपूर्ण अन्तराष्ट्रिय कानुन हो । महासन्धिको प्रमुख उद्देश्य आदिवासी जनजाति र उनीहरुसँग सम्बन्धित सम्पदाहरुलाई संरक्षण गर्नु रहेको छ । खास गरेर आदिवासीको संस्कृति विशिष्ट जीवन पद्धति तथा प्रथा परम्पराहरुको सम्मानसँग सम्बन्धित छ । यसका साथै उनीहरुको आफ्नो छुट्टै पहिचानकासाथ बाँच्न पाउने अधिकार तथा विकासको बाटो र गतिलाई निर्धारण गर्न पाउने अधिकारको मान्यता महासन्धिले स्थापित गरेको छ ।

आदिवासीहरुको लामो दबावपछि नेपाल सरकारले २०६४ भदौ ५ गते आइएलओ महासन्धि १६९ लाई अनुमोदन गरेको छ । अन्तराष्ट्रिय महासन्धिको प्रवाधान अनुसार अनुमोदन भएको एक वर्षपछि स्वतः महासन्धिहरु राष्ट्रिय कानुन सरह लागु हुन्छन् । नेपालको सन्दर्भमा यो राष्ट्रिय कानुन भइसकेा छ । राष्ट्रसंघको महासभाबाट पारित आदिवासीहरुको अधिकारसम्बन्धि विश्वव्यापी घोषणा-पत्रको नेपाल पक्ष राष्ट्र हो । अब नेपाल सरकारको दायित्व आइएलओ महासन्धि १६९ र राष्ट्र संघको घोषणा-पत्रको मर्म अनुसारको संविधान तथा अन्य सहायक राष्ट्रिय कानुनको निर्माण गर्नु रहेको देखिन्छ ।

को हुन् त नेपालका आदिवासी ?
नेपालमा ुको आदिवासी हुन् र को होइनन्ु भन्ने एउटा निरर्थक बहस अहिले चलिरहेको छ । वास्तवमा आदिवासीहरुको अधिकारमा भाँजो हाल्ने नियतले बहस धेरैले चलाएको देखिन्छ । आदिवासी भनिनका लागि अन्तराष्ट्रिय आधार र मान्यताहरु छन् । त्यसैको आधारमा को हुन् र को होइनन्  भन्ने स्पष्ट छ । युरोप र अमेरिकाका गोरा र चीनका हानहरुले कहिल्यै आफूलाई आदिवासी भनेर दावी गर्न खोजेका छैनन् तर नेपालमा हिँजोसम्म उच्च जात कहलाइएका र युगौंदेखि शासन सत्तामा बसेकाहरुले आफूलाई आदिवासी दावी गरिरहेका छन् । यो वास्तवमै गलत र विडम्बनापूर्ण छ ।

अन्तराष्ट्रिय मान्यता र नेपालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार छुट्टै सामुहिक साँस्कृतिक पहिचान परम्परागत भाषा रीतिरिवाज सँस्कति र धार्मिक विश्वास समानतामा आधारित अलग सामाजिक संरचना र आफ्नै भौगालिक क्षेत्र भएकाहरु आदिवासी/जनजाति हुन् । त्यस्तै जसको लिखित वा अलिखित इतिहास छ जुन समुदायभित्र ूहामीू भन्ने भावना छ जुन समुदायको राज्य साचालनमा निर्णायक भुमिका छैन र जो नेपालको एकीकरणअघि यही माटोमा आफ्नो सभ्यता विकास गरेर बसेकाहरु थिए तिनीहरुनै आदिवासी हुन् । नेपालको सन्दर्भमा हिन्दू वर्णाश्रम व्यवस्थामा नपर्ने पनि एउटा आधार मानिएको छ । २०५८ को जनगणना अनुसार ३८ प्रतिशत नेपालमा आदिवासी जनजातिहरु रहेका छन् ।

आदिवासीसँग सम्बन्धित नीतिगतहरु
नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई बहुभाषिक बहुजातीय बहुधार्मिक बहुसाँस्कृतिक बहुक्षेत्रीय र धर्म निरपेक्ष राष्ट्रका रुपमा परिभाषित गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार गठित प्रतिष्ठानले सूचिकृत जातिहरुका लागि थोरै कामहरु गर्दै आएको छ । नेपाल सरकारले आदिवासीका लागि गरेको सबैभन्दा महत्वपूर्ण नीतिगत कार्य भनेको आइएलओ महासन्धि १६९ को अनुमोदन हो । यसले आदिवासीहरुलाई वास्तवमै राज्यसँग अधिकारका लागि लड्न सक्ने बनाएको छ । महासन्धिको मर्म अनुसार नयाँ संविधानमा आदिवासी सम्बन्धि प्रावधान राख्नु राजनीतिक पार्टीहरुको दायित्व भएको छ ।

आदिवासीहरुलाई प्रभाव पार्ने असर गर्ने र उनीहरुको सरोकार रहने नीतिनियम बनाउँदा संशोधन गर्दा कार्यक्रम बनाउँदा र कार्यन्वयन गर्दा स्वतन्त्र तथा पूर्व सुसूचित सहमती उनीहरुसँग लिनु पर्ने व्यवस्था आइएलओ महासन्धिले गरेको छ । आदिवासीहरुसँग परामर्श आइएलओ महासन्धिको आधारभूत प्रावधान हो । परामर्शसँगै अन्य सबै प्रकृयामा उनीहरुको सहभागिताको परिकल्पना गरिएको छ । राष्ट्र संघको महासभाद्धारा अनुमोदित आदिवासी अधिकार सम्बन्धि घोषणा-पत्रको नेपाल पक्ष राष्ट्र हो । यसको सम्मान गर्ने नैतिक दायित्व राज्यको हुन्छ । त्यसको मर्म अनुसार राष्ट्रिय कानुन निर्माण लोकतान्त्रिक सरकारको जिम्मेवारी हो । सरकारी कामकाजमा प्रयोगको अधिकार नभएपनि नेपालमा बोलिने सबै भाषालाई संविधानमा राष्ट्रिय भाषा भनिएको छ । दशक लामो आनदोलनपछि आदिवासी जनजाति सूचि परिमार्जन सम्बन्धि उच्चस्तरीय कार्यदल गठन र थप २२ सहित ८१ जाति सूचिकरणका लागि सिफारिस महत्वपूर्ण काम हो ।

नयाँ संविधानमा के हुनु पर्दछ ?
राजनीतिक दलहरुले यो पल्ट पनि नागरिकलाई ढाँटेनन् भने आगामी भदौ १४ गते संविधानसभाबाट संविधानको पहिलो मस्यौदा आउनेछ । त्यसको मतलब नयाँ संविधान बन्छ भन्ने संकेत हो । राजनैतिक परिवर्तन र संविधानसभा निर्माणमा आदिवासीहरुको महत्वपूर्ण भूमिका रहेको छ । देशको करिब ४० प्रतिशत आवाद आदिवासीहरुको भावनालाई नसमेट्ने संविधान आदिवासीहरुलाई मान्य नहुने निश्चित छ । नयाँ संविधानमा आइएलओ महासन्धि १६९ र राष्ट्रसंघको विश्वव्यापी घोषणा-पत्रको मर्म तथा भावना अनुसारको प्रावधानद्धारा आदिवासीहरुलाई अधिकार सम्पन्न बनाइनु पर्दछ ।

प्रतिस्ठान जस्तो अधिकार विहिन निकाय होइन स्वायत्त आदिवासी आयोग वा मन्त्रालयको व्यवस्था नयाँ संविधानमा गरिनु आवश्यक छ । त्यस्तै सूचि परिमार्जन उच्चस्तरीय कार्यदलको सिफारिस र मातृभाषाका आधारमा संविधानकै अनुसूचिमा नेपालका आदिवासीहरुलाई सूचिकृत गरिनु पर्दछ ।
विगतको अवैज्ञानिक सूचिकरणले आदिवासीहरुबीच नै सूचिकृत र असूचिकृत भनेर विभेद र विभाजन खडा गर्ने काम भयो । यसले आदिवासी एकतालाई त कमजोर त बनायो नै राज्यबाट पाउने सुविधाबाटसमेत बिाचत हुनु पर् यो । सूचिकरण नभएका जातिहरुले मातृ भाषामा पठनपाठन पत्रपत्रिकामा प्रकाशन र रेडियो टिभिमा कार्यक्रम प्रसारण गर्नबाट बन्चित हुनु पर् यो ।

अन्तमा
विश्व आदिवासी दिवसको अवसरमा सरकारले खोक्रो कुरा होइन ठोस कार्यक्रमहरु अगाडि बढाउनु जरुरी छ । उनीहरुको कला भाषा साहित्य इतिहास लोककथा परम्पराहरुको प्रवद्र्धनका लागि ठोस काममहरु गर्नु पर्दछ । अहिलेको आश्यकता ठोस कार्यहरुको थालनी हो । भाषा सँस्कृति शिक्षा स्वास्थ्य तथा आर्थिक उपार्जनमुखि कार्यक्रमहरु अगाडि बढाइनु हो । अब प्रविद्धता होइन आदिवासीहरु काम हेर्न चाहन्छन् । आदिवासीहरुको विकासमा राज्यले पर्याप्त लगानी गर्दै उनीहरुकै संगठनमार्फत समुदाय उत्थानको कार्यक्रम गरिनु आवश्यक छ । आदिवासीहरु राष्ट्रको गहना र सम्पदा हुन् ।

आदिवासी संगठनहरु डोनर नभइ राज्यको श्रोत र समुदायमा आधारित भएर चल्नु आवश्यक छ । चेतना रहनै पर्ने कुरा आदिवासी समुदायका विद्धानहरुको विभेदपूर्ण वा पूर्वाग्रह युक्त व्यवहारको यो आदिवासी दिवसबाट अन्त्य हुनु पर्दछ । विद्धतवर्ग कहलिएकैहरुबाट आदिवासीहरुलाई विभेदीकरणमा बल पुग्ने काम विगतमा भएकाछन् । आशा गरौं अबको दिनमा त्यो हुने छैन । विश्व आदिवासी दिवसले नेपालका आदिवासीहरुलाई एकतावद्ध भएर आफ्नो आधिकारको लँडाइमा सदैव अगाडि बढ्न प्रेरणा मिलोस । हार्दिक शुभकामना ।